शनिबार , जेठ २९, २०७८

सङ्क्र-मण घट्यो, लाप-रबाही बढ्यो !

जेठ २३, २०७८ आइतबार 249

काठमाडौ : जेठको पहिलो साता नेपालमा कोभि’ड–१९ सङ्क्र’मण र त्यसबाट हुने मृ’त्युदर उच्च थियो । जेठ १ गतेको तथ्याङक हेर्ने हो भने आठ हजारभन्दा माथि दैनिक सङ्क्र’मित हुँदा १८७ जनाले ज्यान गुमा’एका थिए ।

त्यसबेला मृ’त्युदर पनि बढ्दो थियो । जेठ दोस्रो साताबाट सङ्क्र’मण दरभन्दा निको हुने दर विस्तारै बढ्न थालेको छ ।
आजको तथ्याङ्क हेर्ने हो भने झण्डै ३ हजार ५०० सङ्क्र’मित हुँदा निको हुने दर झण्डै दो’ब्बर छ हजार ६०० माथि पुगेको छ ।

विगतमा दैनिक २४५ जनासम्म मृ’त्यु भएकोमा अहिले मृ’त्युदर घटेर दुई अङ्कमा झर्नु सुखद सङ्केत हो । आज मुलुकभर ९९ जनाले को’रोनाबाट ज्या’न गुमा’एका छन् । अघिल्लो महिना वैशाखको यो समयमा स’ङ्क्रमण दैनि’क नौ हजार माथि थियो । पछिल्लो समयमा मुलुकभर यसरी सङ्क्र’मण र मृ’त्युदरमा केही न्यूनी’करण आएको देखिएसँगै मानिसको लाप’रवाही भने बढ्न थालेको छ ।

कोरोना नियन्त्रणमा काठमाडौँको सडक क्षेत्रमा खटिएका एक जना प्रहरीले समेत मानिस फेरि जथाभावी रुपमा बाहिर निस्कने क्रम बढ्न थालेकोमा चिन्ता जनाउनुभयो ।

बिहान बेलुका यसरी निस्कने मानिसलाई उपत्यका प्रहरीले नि|यन्त्रण गर्न सक्ने अवस्था देखिएको छैन । गल्लीका सडक बजारमा अझै प्रहरीको उपस्थिति न्युन हुँदा झनै लापर’र्वाही छ । निषेधाज्ञा १० दिन थपिएको दिन यही २० गतेदेखि भने उपत्यकामा सवारी साधान आवा’गमनम समेत बढोत्तरी भएको छ ।

दैनिक प्रहरीले सयौँ सवारी साधन निय’न्त्रणमा लिए पनि त्यसरी उल्ल’ङ्घन गरेर हिँड्ने सवारी उत्तिकै छन् । प्रहरीको अभिलेखमा मुलुकभरमा दैनिक तीनदेखि चार हजार गाडी अनावश्यक रुपमा सडकमा निस्किएका छन् । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर निषे’धाज्ञा उल्ल’ङ्घनविरु’द्ध भने कडा रुपमा प्रस्तुत हुँदै आएको बताउनुहुन्छ ।

उहाँका अनुसार कतिपयलाई कार’वाही समेत गरिएको छ ।
प्रहरीको आँखा छलेर बाहिर निस्कने जमात यत्रतत्र देखिएको छ । कतिपय व्यक्ति दोकान अगाडि बस्ने । अनि ग्राहक आएपछि सटर खोलेर सामान दिने त्यसपछि पुन सटर लगाएर त्यसैगरी कुरेर बस्ने गरेका छन् । यो क्रम मुलुकका अधि’कांश क्षेत्रमा जारी छ ।

कतिपयले कुनै सामान चाहियो भने फोन गर्नुहोला भनेर सटरमा नम्बर टाँसेरसमेत राखेका पाइएको छ । नि’षेधाज्ञा लगाउनुको उद्देश्य सङ्क्र’मणको सा’ङ्लो चुँ’डाल्नु हो । यस्ता गतिविधिले भने साङ्लो चुँडा’ल्न समस्या हुन्छ । केही समय सर्बसाधारण आफैँ सचेत हुने हो भने सङ्क्र’मण रोक्न सकिन्छ । प्रहरीले मात्रै रोक्न सक्छ भन्ने हुन्न ।

प्रहरी प्रवक्ता कुँवर भन्नुहुन्छ, “हामीले सक्ने नि’यत्रण गरिरहेका छौँ, आफ्नै स्वास्थ्यका लागि हो भनेर मानिसले बुझ्नुपर्ने हो, त्यसतर्फ पनि सचेत गराउने हाम्रो प्रयास जारी छ ।” अहिले मुलुकका खोटाङ र मनाङ बाहेकका ७५ जिल्ला आज पनि नि’षेधाज्ञामा छ । अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ । जेठ महिनाभर यो क्रम जारी रहन्छ ।

गएको एक साता उपत्यकाका तीन वटै जिल्ला प्रशासनले निशेषको आदेशलाई क’डाइ गरे पनि यही २० गतेदेखि थपिएको १० दिनको अवधिमा खुकुलो गरिँदा सडकमा मानिसको उपस्थिति बाक्लिएको हो ।

काठमाडँैँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे अहिलेको आदेशमा निर्माणका गतिविधि तथा ढुवानीका गतिविधिसमेत खुला गरिएको र पसलसमेत सञ्चालन गर्न पाउने भएकाले मानिसको चहलपहल विगतको भन्दा बढ्नु स्वभाविक भएको बताउनुहुन्छ । त्यस विषयमा स्थानिय प्रशासनबाट अनुगमन गर्ने र कमि कमजोरी सच्याउने कुरामा सचेत रहेको उहाँले प्रतिक्रिया दिनुभयो ।

मनो’विद् नरेन्द्रसिंह ठगुन्ना कोरोना हट्न थाल्यो भन्ने सूचनाहरु सार्वजनिक भएपछि त्यसले मानिसको सोचमा परिवर्तन गरिदिएकाले बाहिर निस्कन मद्दत गरेको बताउनुहुन्छ । उहाँ सङ्क्र’मण घटेपछि अझै साव’धानी अप’नाउनु जरुरी छ भनेर चेतना जागृत गराउनुपर्ने सुझा’व दिनुहुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब तेस्रो र चौथो लहरको को’रोना आउनसक्ने भन्दै चेतना’वनी दिइसकेको छ । त्यसबेला बालबालिका बढी खतरामा पर्ने भएकाले त्यसको सामनाका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन समेत दिइसकेको छ ।

काठमाडौँ प्रशासनले जेठ अन्तिम साताको अबस्थाको तथ्याङ्क हेरेर असारपछि हुने निषे’धाज्ञालाई कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने जनाएको छ । देशभरका स्थानीय प्रशासनले समेत यही हप्ताका अवस्थाको तथ्याङकको प्रतिक्षा गरिरहेका छन् ।

उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मद’नसुन्दर श्रेष्ठ यस्तो अवस्थामा कुनै पनि हालतमा लापरवाही गर्न हुँदैन भन्नुहुन्छ । सङ्क्र’मण केही घटे पनि जो’खिम कायमै रहेको हुँदा नागरिक आफैँ सचेत भएर सावधानी अपनाउनुपर्ने कुारमा खे’लवाड गर्न नहुने स्वास्थ्य मन्त्रालयको भनाइ छ । -रासस

प्रतिकृया दिनुहोस्