शनिबार , जेठ २९, २०७८

भान्जा छनोटमा नपरेपछि उपाध्यक्षको रडाको !

जेठ २४, २०७८ सोमबार 279

काठमाडौं : एन्फा उपाध्यक्ष कृष्ण थापाले शुक्रबार राति करिब १२ बजे सामाजिक सञ्जाल फेसबुकबाट एक जि’म्मेवारी प्राप्त पत्र पोस्ट गरे ।

महासचिव ईन्द्रमान तुलाधरको हस्ताक्षर रहेको पत्रमा यू–१३ खेलाडी छनोटको संयोजकको जिम्मेवारी दिईएको छ । बैशाख ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने अन्तिम चरणका छनोटमा समिति बनाएर खेलाडी छनोटको अन्तिम प्रतिवेदन बुझाउन भनिएको छ ।

शुक्रबारमात्र एन्फाले युथ एकेडेमीका लागि ४२ जना उमेर समुहका खेलाडीको नाम सार्वजनिक गर्यो । देशभरबाट छनोट भएका १ सय ६६ खेलाडीबाट एन्फाले ४२ खेलाडीको नाम सार्वजनिक गरेको थियो ।

शनिबार बिहानै उपाध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा यू–१३ को अन्तिम छनोट शं’काको घेरामा रहेको भन्दै स्टाटस लेखे ।

उनले आफु संयोजकलाई थाहा नभएको भन्दै छनोट प्रक्रियामा आपत्ति जनाए । उनले लगत्तै मोबाईलबाट स्क्रिन सट गरेर प्रार’म्भिक रुपमा आफुले हस्ताक्षर गरेको ७१ खेलाडीको सूची फेसबुकमा हाले । -खेलपाटि


प्रतिकृया दिनुहोस्