बिहिबार , साउन २१, २०७८

कालो बजारी गर्ने एक औषधि पसल लाई रु दुई लाख जरिवाना !

जेठ २४, २०७८ सोमबार 378

नेपालगञ्ज : नेपालगञ्जमा को’रोना महामा’रीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर का’लोबजा’री गर्ने एक औषधि पसललाई रु दुई लाख ज’रिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता सं’रक्षण का’र्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजीकको इशा मेडिकल हलले रु दुई हजार २०० परेको अ’क्सिमिटर रु

तीन हजार एक सयमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो । खरीद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानूनी व्यवस्था छ । अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगञ्जकै गौरी मिनी मार्ट र मेचीकाली सप्लायर्सलाई जनही रु २० हजारका दरले जरिवाना गरेको थियो ।

को’रोनाको तेस्रो लहर आउनु अघि नै आवश्यक स्वास्थ्य सामग्री जुटाउने पहल भइरहेको छ : स्वास्थ्यमन्त्री !

काठमाडौं : सरकारले को’रोना भा’इरसको तेस्रो लहर आउनु अगाडि नै आवश्यक स्वास्थ्य सामग्री जुटाउन पहल गरिरहेको बताएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयो’जित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले कोरो’नाका तेस्रो लहर आउनु अगाडि नै आवश्यक स्वास्थ्य सामग्री जुटाउन पहल गरिरहेको बताएका हुन् ।

त्यस्तै, उनले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने बताएका छन् । उनले भनेका छन्, ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसी’यू व्यवस्थापन गर्न तयारी गरेका छौं ।’

मन्त्री भएर मन्त्रालयमा आइसकेपछि नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता रहेको उनले बताए । साथै, को’रोनावि’रुद्ध युद्ध लड्ने आफ्नो मुख्य कार्यभार रहेको समेत बताएका छन् ।-न्युज ट्वान्टि फो नेपाल

प्रतिकृया दिनुहोस्