२०७८ कार्तिक ११ बिहीबार

स्वास्थ्यमन्त्री तामाङ भन्नुहुन्छ : नागरिकको जीवन रक्षा गर्नु मेरो पहिलो प्राथमिकता ।

काठमाडौँ : स्वास्थ्य तथा जनसङख्या मन्त्री शेरबहादुर तामाङले सबै सर्वसाधारण नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार ब्यवस्थाको पहल गर्ने बताउनु भएको छ ।

मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले स्वास्थ्य बीमा कार्यक्रमको पुनसं’रचना गरेर सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्र्ने जानकारी दिए । निःशुल्क उपचारको व्यवस्था गर्न सकिने कि नसकिने

भनेर मन्त्रालयमा व्यापक अध्ययन र विज्ञसंगको छलफलबाट टुङ्ग्या’इने उनले बताए । “हामी अहिले कसरी निःशुल्क उपचार गर्न सकिन्छ भनेर विस्तृत अध्ययन र अन्त’राष्ट्रिय अभ्यासको अनुभव पनि लिन्छौ ” उनले भने, “ हामी अध्ययनमा सफल भयौ भने स्वास्थ्य बीमा कार्यक्रमलाई

पुनंसंरचना गरेर सर्वसाधारण नागरिकको स्वास्थ्यमा पहुँच र निःशुल्क उपचार गर्न सक्छौ ।”स्वास्थ्य बीमा कार्यक्रमको प्रभा’वकारी रुपमा अगाडि बढ्न नसकेको जनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको दा’यराभित्र ल्याउने बताए ।

“मानिस जन्मनसाथ जसरी जन्मदर्ता प्राप्त गर्दछ, त्यसैगरी स्वास्थ्य परिचय पत्र प्राप्त गर्ने कुनै बिधि हामीले बनाउछौ, ” उनले भने, “ स्वास्थ्य परिचय पत्र अनुसार स्वास्थ्यसंग सम्बन्धित सबै उप’चार पाउने गर्दछ ।”

मन्त्री तामाङले विज्ञका अनुसार को’भिड–१९ को तेस्रो लहर आइरहेकोले तयारी गरिएको जानकारी दिए । तेस्रो लहरले बालबालिकालाई सङ्क्र’मण गर्ने विज्ञले उल्लेख गरिएका छन् ।
उनले सातै प्रदेशमा सघन उपचार कक्ष (आ’इसियु) र भेन्टि’लेटर सहितको बालबालिकालाई उपचार गर्न अस्पताल स्थापना गर्ने बताउनुभयो ।

उनले आगामी बर्षभित्र ३९६ वटा अस्पतालको निर्माण सकिने जनाउँदै आगामी असार भित्र वो’लपत्र आह्वान गरेर निर्माण प्रक्रिया बढाइने बताए । उनले अहिले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताए । “को’रोना वि’रुद्धको ल’डाई लडेर जनतालाई कोरो’नामुक्त गराउने मेरो

प्रथामिकता हुने छ,” उनले भने, “ यस लडाइमा सबको उत्तिकै जिम्मे’वारीको साथै सहयोग हुनुपर्दछ ।” उनले को’भिड–१९ बिरु’द्धको रो’कथाम र निय’न्त्रणका लागि केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल)मा श्यया, आइ’सियू र भेन्टि’लेटर थप गरिने समेत जानकारी दिए । मन्त्री तामाङले सबै नागरिकलाई खो’प लगाउन थप खोप ल्याउने जानकारी दिए ।

यसका लागि उत्पादक मुलुकसंँग छलफल भइरहेको उनले बताए । उनले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरुको अनुगमन गरी कोभि’ड–१९ को उपचार सरकारले तोकिएकै शुल्कभित्र उपचार गराउन निर्देशन समेत दिने जानकारी दिए । उनले मन्त्रालयका हरेक कामलाई पारर्शी बनाउने प्रति’बद्धता समेत व्यक्त गरे ।-रासस

२०७८ जेष्ठ २४, सोमबार २०:३९ गते 1 Minute 743 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार