२०७८ कार्तिक ११ बिहीबार

खुशीको खबर : निषे-धाज्ञापछि सोमबार पहिलो कतार उडान, आज पनि अर्को उडान हुँदै ।

काठमाडौँ : सोमबारदेखि कतारको दोहामा नियमित उडान शुरू भएको छ । सरकारले टर्की, चीन र कतारका लागि सातामा १/१ उडानको अनुमति दिएसंगै सोमबारबाट कतारको दोहामा उडान शुरू भएको हो ।

नेपालमा को’रोना सं’क्रमणको जोखि’म बढ्दै गएपछि गत वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गरिँदा विदेशबाट समस्यामा परेका नेपालीहरु नेपाल फर्किन तथा वैदेशिक रोजगारमा जान सकेका छैनन् । त्यस्तै विद्यार्थी भिसामा जान चाहेकाहरु पनि रोकिएका छन् ।

सरकारको अनुमतिसंगै सोमबार कतार एयरवेजको विमानबाट कतारको दोहादेखि २३१ जना यात्रु नेपाल फर्कि\एका छन् । त्यस्तै नेपालबाट सोमबारनै २०९ जना यात्रु दोहा प्रस्थान भएका छन् । साउदीस्थित नेपाली दुतावासले साउदीबाट ट्रान्जिट भएर नेपाल जान सक्ने भन्दै जानकारी गराएको छ ।

सरकारको निर्णय अनुसार हाल विदेशबाट आउँदा को’रोना परी’क्षण नेगे’टिभ भएको पीसीआर रिपोर्टको फोटो र बारकोडसहितको रिपोर्ट साथमा ल्याउनुपर्ने हुन्छ ।

साथै काठमाडौँ आएपछि अनिवार्य आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्छ । यसैबीच आज मंगलबार नेपाल एयरलाइन्सले दोहादेखि काठमाडौँको उडान भर्दैछ । यो सरकारले अनुमति दिएको नियमित उडान अन्तर्गतकै उडान रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

२०७८ जेष्ठ २५, मंगलवार १०:०९ गते 1 Minute 580 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार