२०७८ आश्विन ५ मंगलवार

अचानक मुटुमा समस्या आएपछि बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना !

काठमाडौं : अचानक मु’टुमा समस्या आएपछि बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना हुनु भएको छ ।हिजो अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भ’र्ना हुनु भएको हो ।

उहाँको मुटुको एन्जि’योप्लास्टी गरिएको उप’चारमा संलग्न डा. धर्मा यादवले जानकारी दिनुभयो । हिजो गंगालाल भर्ना भई एन्जियो’प्लास्टी गरेपछि सघन उपचार कक्ष (आइ’सियू) मा राखिएको थियो ।श्रेष्ठलाई आज डिलक्स रुममा सारिएको समेत डा. यादवले बताउनुभयो ।

हाल उहाँको अबस्था ख’तरा मु’क्त रहेको पनि जानकारी दिइएको छ । श्रेष्ठ केही अघि मात्र को’रोना संक्र’मणबाट मु’क्त हुनु भएको थियो । कलाकार श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौँमा भएको हो। उहाँ रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुनुहुन्छ । त्यसो त अर्की आमाका तर्फबाट भाइ र दुई बहिनी हुनुहुन्छ ।

उहाँका भाइ नीरव श्रेष्ठ अमेरिकामा नै हुनुहुन्छ । बहिनीहरू साधना र सविनाचाहिं यतै । उहाँका पिताका चारवटा पत्नी हुनुहुन्थ्यो । मदनकृष्ण जन्मेको ६ महिनापछि उहाँकी आमा लक्ष्मी बित्नुभयो ।

त्यसपछि अर्को विवा’ह गर्नुभयो । उहाँ पनि बितेपछि फेरी अर्को विवाह गर्न पुग्नुभयो । दुई पत्नीबाट जायजन्म भएनन्। कान्छी आमाले मदनकृष्णलाई छोराकै व्यवहार गर्नुहुन्थ्यो । मदनकृष्ण भन्नुहुन्छ आमाकै जति माया मैले कान्छीआमाबाट पाएको छु।

मदनकृष्णको बाल्यकाल काठमाडौँ जितपुरफेदीमा बित्यो। कहिलेकाहीं खसिखेल पनि पुग्नुहुन्थ्यो । त्यहाँ उहाँका थुप्रै साथीहरू हुनुहुन्छ । रञ्जना हल बनाउँदा इँटाको मोटर बनाएर खेलेको उहाँको सम्झना अझै ताजा छ । उहाँको स्कुले जीवन अलि डामाडोल नै रह्यो ।

१ कक्षा विश्वज्योति सिनेमा भवनअगाडिको स्कुलमा पढ्नुभयो । २, ३, ४ जितपुरफेदीमा पढ्नुभयो । ५ कक्षामा कन्या विद्यामन्दिरमा, ६ कक्षा दरबार हाइस्कुल, ७ पद्मोदय, ८ शान्ति विद्यागृह, ९ जु’द्धोदय, १० त्रिभुवन दरबार स्कुल, टेस्ट पास चै शान्ति निकुञ्जबाट भएको छ ।

म पढ्नमा कमजोर थिइनँ। तर, बलियो हुन पनि पाइनँ उहाँले भन्नुहुन्छ । एसएलसीपछि महेन्द्ररत्न पब्लिक कमर्स कलेजमा आइकम गर्नुभयो । बीकमको प्राइभेट जाँच दिनुभयो । अभिनयमा लागेकाले पढाइ अधुरै रह्यो।

लामो समय देखि क्यान्सरबाट पीडित मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको २०७४ चैत्र १९ गते राति ललितपुरको हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालमा निधन भएको थियो । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरु’दण्डको क्यान्स’रबाट पी’डित हुनुहुन्थ्यो । मदनकृष्णपनि मु’टुको बिरा’मी हुनुहुन्छ ।

२०७८ जेष्ठ २५, मंगलवार १६:५४ गते 1 Minute 492 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार