२०७८ आश्विन १३ बुधबार

बिएण्डसी अस्पतालमा ८ लाख तिर्न नसक्दा काे-राेना संक्र’मित राजवंशी घर जान पाएनन् !

झापा : झापाको गौरादह नगरपालिका वडा नम्बर ७ का नारायणचन्द्र राजवंशी यतिबेला आफ्नो उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य बनेका छन् ।

१२ दिनअघि को’रोना सं’क्रमण पु’ष्टि भएर अवस्था ग’म्भीर बनेपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भ’र्ना भएका राजवंशी अहिले उपचार वापतको ८ लाख जुटाउन नसक्दा अस्पतालबाट घर जान पाएका छैनन् ।

आइसियूमा राखेर उप’चार गराएका उनको अबस्था सामान्य बन्दै गएको उनकी श्रीमती सुष्मा राजवंशीले बताईन् । उनले भनिन्, ‘को’रोनाको महामा’रीबाट उप’चार गरेर आफ्ना पतिलाई त बचाएँ तर अस्पतालबाट घर लैजान सकेकी छैन ।’

सामान्य पेशा-व्यवसाय गर्ने राजवंशी परिवारले अस्पतालमा २ लाख रुपैयाँ डि’पोजिट गरेका छन् । तर, अस्पतालको खर्च १० लाखभन्दा बढी उठिसकेको सुष्माले बताइन् । ‘सरसापट र झारझुर गरेर अस्पतालमा २ लाख बुझायौं’, उनले समस्या सुनाइन्, ‘बाँकी ८ लाख के गरी तिर्नु ? टेन्सन भएको छ ।’

उनले आफ्नो पतिलाई घर लैजान सबैसँग आर्थिक सहयोगको आह्वान गरेकी छन् । सहयोगी मनहरुलाई आफ्नो ९८०३४७३१६३ नं मा फोन गर्न वा अस्पतालमै आएर सहयोग गर्न उनले आग्रह गरेकी छन् । -न्युज ट्वाटी फो नेपाल

२०७८ जेष्ठ २५, मंगलवार २०:२० गते 1 Minute 529 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार