शनिबार , जेठ २९, २०७८

विश्वकप छनौट – भारतको पहिलो जितमा चम्किए सुनील क्षेत्री !

जेठ २६, २०७८ बुधबार 214

काठमाडौं : अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि एसिया क्षेत्रमा जारी छनौट खेलमा

भारतले ७ पहिलो जित निकालेको छ । आज उसले सातौं खेल खेल्नक्रममा छनौटमा पहिलो जित हात पारेको हो । आज सोमबार राति भएको खेलमा भारतले बंगलादेशमाथि ०–२ को

जित निकाल्दै पहिलो जितको खुसी मनायो । कतारस्थित जासिम बिन हमाद स्टेडियममा भएको खेलमा भारतले बंगलादेशमाथि खलको ७९ मिनेटपछि २ गोल गरेर खेल जित्न सफल भयो ।

खेलभरि नै आफूमाथि हाबी भएको भारतलाई बंगलादेशले ७८औं मिनेटसम्म गोल गर्न नदिई रोक्न सफल भएको थियो । तर, त्यसपछि भारतले गोल गर्न सफल भयो । भारतको पहिलो जितमा कप्तान सुनील क्षेत्री नायक बने ।

प्रतिकृया दिनुहोस्