२०७८ आश्विन ६ बुधबार

नेपालीलाई आफ्नै जमिनमा खेतिपाति गर्न रोक लगाउने भारतीयहरु पछि हटे !

कञ्चनपुर : नेपालीलाई आफ्नै जमिनमा खेतिपाति गर्न रोक लगाउँदै आएको भारतीय पक्षले अन्ततः खेतिपातिमा अब रोक नलगाउने भएको छ ।

बर्षौदेखि कञ्चनपुरका नेपाली नागरिकलाई आफ्नै जमिनमा भारतीय सीमा सुरक्षाबल एसएसबीले जमिन भारतको भएको दावी गर्दै खेतिपाति गर्न रोक लगाउँदै आएको थियो ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका सुन्दरनगर

सीमानाकामा जग्गा विवादको घट’नाको बारेमा बुझ्न कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहितको टोली दोधारा चादनी पुगेपछि नयाँ नापी नहुञ्जेल पुरानै नापी अनुसार खेतिपाती गर्न दिन भारतीय पक्ष सहमत भएको हो ।

मंगलबार न्यूज २४ टेलीभिजनको कार्यक्रम सिधाकुरा जनतासंगमा सीमानाका भारतीय एसएसवीको ज्या’दति र नेपाली जनताले पाएको पी’डा बारे रिपोर्ट प्रसारण गरेपछि

मंगलबार प्रमुख जिल्ला अधिकारी महतोसहितको टोली दो’धारा चाँदनी पुगेका हुन् । सिमानाकामा भएको विवादको समाधानका लागि प्रमुख जिल्ला अधिकारी महतो, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी वल शैलेश्वरी गणका प्रमुख बीरेन्द्र ऐर लगायतको टोलीले मंगलबार सीमानाकाको अनुगमन र घ’टनाबारे सोधपुछ गरेका थिए ।

उक्त वि’वाद बारे छलफलमा भारतीय पक्षबाट आएका एसएसबीका ५७ बटालीयनका कमाडेन्ट ब्रीज पाल सिंह नेगी र नेपाली पक्षबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित जनप्रतिनिधिको उपस्थितिमा अहिले नेपाली पक्षले उपभोग गर्दै आएको जमिनलाइ उपभोग गर्न दिने भन्ने मौखि’क सम्झौ’ता भएको छ ।

खेतिपाति गर्न नपाएका पी’डित नारायणप्रसाद अधिकारीले समस्या दी’र्घकालीन हल नभएको र यसको समाधानको लागि नेपाल सरकारले भारत सरकारसंगको दश’गजा क्षेत्रलाइ छुट्याइ दिन आग्रह गरेका छन् । मौ’खिक सहमति भएपनि सी’मावर्ती नागरिकहरु अझै विश्वस्त बन्न सकेका छैन् । भारतीय सुरक्षाक’र्मीहरुको व्य’वहार छिनछिनमा फेरिने अनुभव उनीहरुको छ ।

२०७८ जेष्ठ २६, बुधबार २०:५६ गते 1 Minute 432 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार