शनिबार , जेठ २९, २०७८

कर्मचारीलाई रकमसहित १० दिन घुम्ने बिदा – घर-ससुराली भएको जिल्ला जान नपाइने !

जेठ २६, २०७८ बुधबार 337

काठमाडौ : सरकारले आगामी आर्थिक वर्ष आन्तरिक पर्यटनलाई टेवा पु¥र्‍याउन पर्यटन काज बिदाको अवधारणा ल्याएको छ ।

अवधारणा अनुसार निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइनेछ । सरकारी कर्मचारीलाई खर्चसहित बिदामा पठाउनुपर्छ भन्ने माग निजी क्षेत्रले चालु

आर्थिक वर्षको बजेट निर्माणको समयबाटै गरेका थिए । यसमा नेपाल पर्यटन बोर्डले समेत निजी क्षेत्रको मागलाई पर्यटन मन्त्रालय मार्फत अर्थमबन्त्रीसमक्ष लैजान सहयोग गरेको थियो ।
व्यवसायीहरुले पर्यटन क्षेत्रका लागि बिदालाई उपल’ब्धिमूलक बनाउन के गर्नुपर्छ भन्नेमा निश्चित प्रावधान नै राखेर सरकारसँग प्रस्ताव गरेका थिए ।

व्यवसायीको प्रस्ताव अनुसार कर्मचारीको स्थायी घर वा ससुराली भएको जिल्लालाई गन्तव्यका रूपमा छान्न नपाइने प्रावधान राखिएको छ । ‘व्यवसायीको लामो प्रयासपछि यो पटक सरकारले हाम्रो सम्बोधन सुनेको छ ।

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजे\न्ट्सका अध्यक्ष अच्युत गुरागाईंले भने, ‘यसले नतिजा दिनुपर्छ भनेर व्यावहारिक विषयहरू प्रस्ताव गरेका छौं ।’ उनका अनुसार व्यवसायीले नेपाल पर्यटन बोर्ड मार्फत गरेको प्रस्तावमा यो अभियानलाई प्रभावकारी कसरी बनाउन सकिन्छ भन्नेबारे उल्लेख छ ।

विगतमा चिने-जानेको होटल र पर्यटन व्यवसायीसँग मिलेमतो गरी कर्मचारीले बिल मात्र लिने गरेको गु’नासो धेरै आएको थियो । ‘घर वा ससुराली गई बसेर भ्रमण बिल पेश गर्ने काम नहोस् भनेर यस्तो प्रस्ताव गरिएको हो’, उनले भने ।यद्यपि सरकारले आगामी आर्थिक वर्षका लागि यो कार्यक्रम

का’र्यान्वयन गर्ने सम्बन्धी कार्यविधि भने बनाइसकेको छैन ।
संस्कृ’ति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन प्रव’र्द्धन शाखाका उपसचिव नरहरि घिमिरेका अनुसार कुन-कुन शर्त राखेर भ्रमण काज बिदा दिने भन्ने सम्बन्धमा मन्त्रालयले कार्यविधि निर्माणको तयारी गरेको छ । त्यसपछि शर्तहरू स्पष्ट हुनेछन् ।

प्रतिकृया दिनुहोस्