शनिबार , जेठ २९, २०७८

ओलीका वकिललाई मानहा’नीको मु’द्धा चलाउने प्रधानन्यायाधीशको चेता-वनी !

जेठ २७, २०७८ बिहिबार 195

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका वकिललाई मानहानीको मु’द्दा चलाउने चेता’वनी दिएका छन् ।

संवैधानिक इजलासमा ओली पक्षका वकिल राजाराम घिमिरेले न्यायाधीशहरूले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि राणाले निवेदन फिर्ता लिन आग्रह गर्दै नलिए मानहा’नीको मु’द्दा चलाउने चेता’वनी दिएका हुन् ।

‘अहिले जुन निवेदन राख्नुभयो यो निवेदन अनुसार मुद्दा हेर्न सक्ने अवस्था सिर्जना भएन । यो निवेदन फिर्ता लानुस् अन्यथा कठिन रुपमा मानहा’नीको मुद्दा चलाउँछु’, राणाले वकिललाई सोधे, ‘दर्ता गर्ने कि परिणाम भोग्ने ’ यस्तै राणाले संयमित हुन पनि सबैमा अनुरोध गरेका छन् ।

‘यो आफैंमा गम्भीर विषय हो । तपाईंहरुले इज’लासको म’र्यादा कायम राख्नुपर्छ । इज’लास प्रतिको विश्वास तपाईंहरुको कर्तव्य हो’, राणाले भने । इजलासमा राजारामसहित यज्ञ’मणि न्यौपाने र दीपक मिश्रले पुरक निवेदन लगेका हुन् ।

सो क्रममा प्रधानन्यायाधीशले भने, ‘इच्छामा छाडेका छौँ । दर्ता गर्ने कि कारवा’ही गरौँ भन्ने प्रश्नको जवाफमा यज्ञमणि न्यौपानेले ज्ञानेन्द्रबहादुर कार्कीसहितले महाअभियोग प्रस्ताव दर्ता गरेको विषय भएको हुनाले आनन्द’मोहन भट्टराईको हकमा उनले हेर्न नमिल्ने जिकिर गरे । सो क्रममा राजारामले निवेदन दर्ता नै हुनुपर्ने जिकिर गरे ।

राणाले आइतबार प्रतिनिधिसभा विघ’टनविरुद्ध’को रि’टमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । संवैधा’निक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छानेका छन् ।

प्रधान न्यायाधीशको ने’तृत्वमा गठन गरिएको इज’लासमा सम्मिलित न्यायाधीश संवैधानिक इज’लासको रो’ष्टरमा रहेको मध्येका वरिष्ठ हुन् ।आफूमाथि प्रश्न उठे पनि संवैधानिक इज’लासमा बस्ने राय दिएका न्याया’धीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इज’लासमा राखिएको छैन ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अस्वस्थताका कारण होम आइ’सोलेशनमा बसेको हुनाले उनी पछाडिको वरियतामा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई बेञ्चमा राखिएको छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि का’नुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाइ हुनेगरी इज’लास स्थगित गरिएको थियो ।

प्रतिकृया दिनुहोस्