२०७८ आश्विन २ शनिबार

‘पृथ्वीमा एलियन अन्तरिक्षबाट होइन समुद्रभित्रबाट आउँछन्’–एलियन विज्ञको दावीले नयाँ तरंग !

काठमाडौं : पृथ्वीका कैयौं स्थानहरुमा विभिन्न सहयमा एलि’यन अर्थात अर्कै ग्रहका प्राणी र उनीहरुको यान देखिएको दावी गरिन्छ ।

पछिल्लो समय यो विषयको चर्चा धेरै भइरहेको छ किनकि अमेरिकाका खु’फिया सरकारी अधिकारीहरुले युएफओ र एलियनको विषयमा गरेको समीक्षा रिपोर्ट लिक भएको छ । यो रिपोर्टमा पछिल्ला २० वर्षमा अमेरिकी नौसेनाले आकाशमा

अज्ञात वस्तु देखेका १२० भन्दा धेरै घट’नाहरुबारे उल्लेख छ । अब एलि’यनका यी वि’मानहरु पृथ्वीमा आएपछि कहाँ गायब हुन्छन् ? के यी हाइ’परसोनिक विमान हुन् ? भन्ने विषयमा बहस केन्द्रित भएको छ । यही बीचमा इन्टर’नेशनल कोलिसन फर एक्स्ट्रा’टेरेस्ट्रियल रिसर्च (आइसीइआर)का उपाध्यक्ष गेरी

हेसेल्टा’इनले ए’लियन अन्तरिक्षबाट नभइ समुद्रभित्रबाट आउने दावी गरेका छन् । २७ देशका युएफओ अनु’सन्धानकर्ता र वैज्ञानिक सम्मिलित संस्था आइसीइआरका उपाध्यक्षको यो दावीले यस विषयमा अध्ययन गरिरहेका शोध’कर्ताहरुमा तरंग ल्याइदिएको छ ।

यसअघि पुलिसमा रहेका बेला आफ्नो पूरै करिअर एलियन र यिनीहरुका गतिविधिबारे अध्ययन गर्ने क्रममा बिताएका हेसेल्टा’इनले सैन्य पानी’जहाजहरुको आसपास युएफओ देखिएका पछिल्ला भिडियो यी वस्तुहरुको उत्पत्तिको व्याख्या गर्न गेमभेन्जर हुने दावी गरेका छन् ।

पछिल्लो समय अमेरिकी नौसेनाको एक जहाज उडिरहेका वस्तुले घेरिएको देखिएको थियो । यो भिडियोका आधारमा शो’धकर्ताहरु एलि’यनको बेस पानीमुनि हुन सक्ने विश्वासमा पुगेको हेसेल्टा’इनले बताए ।

युएफओलाई कैयौं पटक पानीभित्र गएको र बाहिर आएको देखिएको बताउँदै हेसेल्टाइनले हाम्रो महासा’गरको गहिराइमा एलियन बेस हुन सक्ने आशंका भएको बताएका छन् । ‘सुन्दा निकै अनौठो लाग्छ तर हामी महा’सागरको बारेमा केवल ५ प्रतिशत मात्र जान्दछौं ।

हामी महासागरभन्दा धेरै चन्द्रमा वा मंगल ग्रहको सतहबारे जान्दछौं । त्यसैले मलाई यस्तो महसुस हुन्छ कि युएफओ अक्सर पानीभित्र जाने आउने गर्छन्’ हेसेल्टाइनले द सनसँग भने । गेरी हेसेल्टाइनले रोयल एयर’फोर्स पुलिसको साथमा ६ वर्ष काम गरेका छन् । उनले ब्रि’टिस ट्रान्स’पोर्ट पुलिसमा २४ वर्ष काम गरेका छन् ।

२०१३ मा अवकाश पाएपछि उनी आफ्नो शोधमा केन्द्रित भएका छन् । पिरा’मिड युएफओको भिडियो जारी गर्ने फिल्म निर्माता जेरेमी कोरबेलका अनुसार अमेरिकी नौसेनाका जहाजहरुले झण्डमा देखेका शिल्प ‘ट्रान्स’मिडियम’ हो । यसको अर्थ तिनीहरु पानी र हावा दुवैमा काम गर्न सक्छन् ।

उनले भने ‘युएफओ भलै टाढाबाट आइरहेका होउन् तर प्रायः हामी तिनहिरुलाई निकै नजिकबाट आइरहेको देख्छौं । यो एक सम्भावना हो कि युएफओ पानीमुनि एक निश्चित स्थानबाट स्थानान्तरित भइरहेका हुन सक्छन् ।’ अमेरिकी नौसेना र वायु सेनाक’र्मीहरुले खिचेका भिडियोहरु ठूलो संख्यामा आएपछि अमेरिकी कंग्रेसले आफ्नो लागि एक रिपोर्ट तयार गर्न खुफिया अधिकारीहरुलाई आदेश दिएको छ । यो रिपोर्ट यही महिना जारी हुँदैछ ।-डिसि नेपाल

२०७८ जेष्ठ २७, बिहीबार ११:३१ गते 1 Minute 544 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार