शनिबार , जेठ २९, २०७८

नर्भिक अस्पतालकी निर्देशक मेघा भन्छिन्- निशाको निःशुल्क उप’चार गर्छौ ।

जेठ २८, २०७८ शुक्रबार 344

काठमाडौं : भारतको दे’हरादुनमा रहँदा निशा सडक दु’र्घटनामा परेकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालले नि:शुल्क उपचार गरिदिने भएकाे छ ।

अस्पतालकी निर्देशक मेघा चाैधरीकाे पहलमा भैसेपाटीस्थित घिमिरेकाे घरबाट उ’द्धार गरी निशालाई बिहीबार दिउँसाे अस्पताल भर्ना गरिएकाे थियाे । निर्देशक चौधरीले निशाको उपचारमा कुनै खर्च न’लाग्ने बताएकी छन् ।

‘निशाजीको अहिले फोटो देखेपछि पक्कै केयर न’पुगेर नै यस्तो भएको हो कि भन्ने लाग्यो । नत्र यति लामा समयसम्म बाँ’च्ने स्थितिमा थिएन भने त उहाँ बाँ’च्नु हुन्न थियो होला । अनि केयर नपुगेर होला भन्ने लागेपछि हस्पिटल लिएर आउनुहोस् ।

हामी राखेर उ’पचार गर्छौ भनेर एम्बुलेन्स पठाएपछि उहाँहरुले ल्याउनुभयो’, उनले भनिन् ।मेघाले आफूले नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालको माध्यमबाट निशाको अवस्थाबारे जानकारी पाएको खुलाइन् ।

‘दुर्गा दाईको पोस्ट देखेपछि उहाँलाई के हो यस्तो भनेर सोधें । निशाजी म्यूजिक भिडियो, फिल्ममा काम गर्नुहुन्छ भन्ने थाहा थिएन । मैले फोटोमात्र देखेकी थिएँ । त्यसपछि उहाँले मलाई जानकारी गराउनुभयो । दु’र्घटना भएपछि ट्रमा सेन्टरमा राखेर उपचार गर्दाको अन्तरवार्ताको लिं’क पठाउनुभयो ।

अनिमात्र मैले निशाजीको बारेमा विस्तृत बुझ्न पाएँ’, मेघाले भनिन् । मेघाका अनुसार डा’इडिसियनलाई, न्यूरो सर्जनसँग क’न्स’ल्ट गरेर निशाको उपचार भइरहेको छ । मेघाले आफ्ना साथीभाईसँगै दु’र्गानाथसँग स’हकार्य गरेर आ’र्थिक रुपले

उपचार गर्न नसक्नेहरुलाई आफ्नै प’हलमा उपचार गराइरहेकी छन् । मोडलिङ पढ्न भारतको दे’हरादुनमा रहँदा निशा सडक दु’र्घटनामा परेकी थिइन् । उनको त्यहाँ प्रा’रम्भिक उपचा’रपछि काठमाडौं ल्या’इएको थियो । उनले झण्डै तीन दर्जन म्यूजिक भिडियोमा अ’भिनय गरेकी छन् ।

प्रतिकृया दिनुहोस्