२०७८ कार्तिक ८ सोमबार

ठुलो हावाहुरीका कारण लहरे तरकारी बालीमा क्षति, कृषक भन्छन्- पाक्नै लागेको मकै पनि स्वत्तर पार्यो !

काठमाडौमा : हावाहुरीसहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकैबालीमा क्ष’ति पुगेको छ । सोमबार दिउँसो ४।३० बजेको समयमा एकाएक आएको ठूलो

हावाहुरीसहितको पानीका कारण पोखरा महानगरपालिका वडा नं ३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नं ३३ को बागमारा, लामगादी, पुडीटारलगायतका स्थानका मकै बालीमा क्षति पुगेको स्थानीयवासी भक्तिराम सुवेदीले जानकारी दिए

आइतबार पनि हावाहुरीका साथ पानी आउँदा मकै भाँचेकामा आजको पानीले थप क्षति पु¥याएको उनले बताए । मकै लगाउने बेलामा खडेरी परेर समस्यामा परेका कृषकहरू पछिल्ला केही दिन यता दिउँसो ४।०० बजे पछि हावा हुरी सहितको पानी आउन थालेपछि लगाएको बाली पनि

जोगाएर खान मुस्किल भएको बताउँछन् । हावाहुरीले भर्खरै लहरिँदै गरेका लहरे तरकारी बालीमा पनि क्षति पु¥याएको कृषकहरूको गुनासो छ ।

उता सिन्धुलीमा सोमबार पानीसँगै आएको हावाहुरीले चार घरको छानो उडाएको छ । कमलामाई नगरपालिका–२ छत्युन्टारमा हावाहुरीले चार घरको छानो उडाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार लाखौँको क्षति भएको छ ।

छत्युन्टार बस्ने पञ्चकुमार घलानको ढुङ्गा, माटो र काठले बनेको जस्ताले छाएको दु’ईतले घरको छानो उडाउँदा रु ६० हजार बराबरको क्ष’ति भएको जिल्ला प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए। यस्तै चक्र\मान लामाको छानो उडाउँदा रु ६० हजार, निश्चल लामाको रु ४५ हजार र

नातिबाबु दमाईको रु ८० हजार बराबरको क्षति भएको उनले जानकारी दिए। यसअघि हावाहुरीले एघार हजार भोल्टेजको विद्युत् तार छिन्दा कमलामाई नगरपालिका–७ निवासी बासकटेरी

निवासी अन्दाजी १५ वर्षीय शान्तिमाया थिङको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । क’रेन्ट लागेर गीता पाण्डे सामान्य घा’इते भएका थिए। जिल्लामा केही दिनयता दैनिकरूपमा वर्षा भइरहेको छ ।

२०७८ जेष्ठ २८, शुक्रबार ०६:३१ गते 1 Minute 591 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार