२०७८ आश्विन १३ बुधबार

विदेशमा अल-पत्र नेपालीको विजोग, सरकार भन्छः प्लेन नउडेसम्म उडाउन सकिदैन ।(भिडियो)

काठमाडौं : वैदेशिक रोजगारमा गएकाहरुको रे’मिट्यान्समा रमाउछ सरकार । तर उनीहरु अवस्था के छ भन्ने बारेमा भने कहिले ग’म्भीर बनेको पाइन्न ।

सरकारले आफुहरुलाई नहेरेको गुना’सो गरिरहेका उनीह’रुप्रति यो कोरोनाकालमा सरकार झनै उदासिन बनेको आरोप पनि वैदेशिक रोजगारमा गएकाहरुको छ । विश्वलाई को’रोनाले आक्रा’न्त पारेपछि धेरैले रोजगारी गुमा’उँदा ठूलो संख्यामा नेपालीहरु घर फर्किए ।

कोरो’नाको पहिलो चरणमा सरकारले नै बिभिन्न चरणमा उद्दार गरेर डेढ लाख बढी नेपाली नागरिकलाई विदेशबाट फर्कायो ।
तर यसरी फर्कि’एकाहरु धेरै दिन देशभित्र टिक्न र रम्न सकेनन् । कारण यहाँ दोहोरिने उही बेरोजगारीको नियति । को’रोनाको दोस्रो चरण सुरु हुन दैनिक सातसयसम्म नेपाली नागरिक विदेशिएका थिए ।

तर कोरो’नाको दो\स्रो लहर सुरु भएपछि जारी गरिएको निषे’धाज्ञाका कारण अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धले उड्न चाहनेहरु रोकिएका छन् । अझै पनि वैदेशिक रोजगार विभागले हरेक आइतबार र बुधबार श्रम स्वी’कृति भने दिदै आएको छ ।

आफैमा वि’रोधाभा’षपूर्ण देखिएको यो कार्यबीच विदेशबाट फर्कन चाहनेहरुको अवस्था भने दयनीय छ । दक्षिण एसियाकै अन्य मुलुकहरुले आफ्नो देशको झ’ण्डाबाहक विमान पठाएर आफ्ना नागरिकको भने उद्दार गरे तर फर्कनका लागि टिकट काँटि’सकेका नेपालीहरुको अवस्था भने दयनीय बनेको छ ।

उनीहरुमाथि कसैले न सोधखोज गरेको छ नत कसैले चासो नै देखाएको छ । स्मरणीय छ गत आर्थिक बर्षको नौ महिनामा ६ खर्ब २६ अर्ब रेमि’ट्यान्स देश भित्रिएको थियो भने यो आर्थिक बर्षको चैतसम्ममा १६ प्रतिशतले बढेर ७ खर्ब २९ अर्ब रेमिट्या’न्स मुलुक भित्रिएको थियो ।

‘अरु देशको विमान आएर लगे हाम्रो भने आएन’

यो पीडा हो उनीहरुको । जो देश फर्कन चाहँदा चाहदै पनि विदेशी भूमिका अलमलमा परेका छन् । कतिपय टिकट काँटेर स्वदेश फर्कन ठीक्क पर्दा अन्तर्राष्ट्रिय उडानमा पुनः प्रतिबन्ध लाग्यो । जस्को कारण देश फर्कन चाहेका अस्सी हजार बढी नेपाली नागरिक विदेश भूमिका नै थुनिएका छन् ।

काममा फर्कौ कम्पनीबाट विदा लिइसकेको अवस्था छ भने बसौं घर लान कमाएको रकम रि’त्तिने अवस्था छ । यति मात्र नभइ ८० बढी नेपाली नागरिकको श’व पनि फ\र्काउन नसक्दा उनीहरुको परिवार थप पी’डामा परेका छन् । वैदेशिक रोजगारको क्रममा मृ’त्यु भएकाहरुको सबभन्दा बढी श’व अहिले साउदी अरेयिबा र मलेशियामा रहेको छ ।

सरकारले आगामी आइतबारदेखि उद्दा’र थाल्ने

तर सरकारले भने विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई आगामी आइतबारदेखि फर्काउने तयारी थालेको छ । सरकारले पहिलो चरणमा कतारमा रहेका नेपालीहरु फ’र्काउने र मलेशियाबाट पनि चाँडै फर्काउने गरि तयारी थालेको छ ।

पुन श्रम स्वीकृतिः यता सुरक्षाका कुरा उता असुरक्षित

को’रोना महामा’रीले धेरै देशको अर्थ’तन्त्रमा धावा बोल्दा खाडीका मुलुकका रोजगारदाता दर्जनौ कम्पनीहरुको अवस्था पनि नाजुक बनेको छ । सरकारले श्रम स्वीकृति लिएको ६ महिनासम्म वैदेशिक रोजगारीमा नगए पुनः श्रम स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ ।

यो रोजगारीमा जानेहरुको सुरक्षाकै लागि हो भन्ने सरकारी तर्क छ । तर पुनः श्रम स्वीकृ’ति लिएर जाँदा रोजगारदाता कम्पनीले काम नदिने गरेको पीडा पनि धेरै नेपालीको छ । कोरोनाका कारण कुन कम्पनीको पछिल्लो अवस्था के छ भन्ने बारेमा जानकारी नलिइ मेनपावर कम्पनी र कामदार स्वयं विदेश

जान आत्तिने प्रवृतिले धेरै समस्याहरु उ’ब्जेको सरकारी निष्कर्ष छ । बिभिन्न कारणले गर्दा बैदेशिक रोजगारी सुुरक्षित हुन नसक्दा यस्लाई थप व्यवस्थित र मर्यादिन बनाउने आवाज उठिरहे पनि सरकारले सम्बो’धन गर्न नसक्दा समस्या झन बढेको विज्ञहरुको निष्क’र्ष छ ।

२०७८ जेष्ठ २८, शुक्रबार १०:१८ गते 1 Minute 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार