२०७८ कार्तिक ९ मंगलवार

उपत्यकामा जेठ ३१ पछि पनि निषे’धाज्ञा थपिने ।

काठमाडौ : महामा’री नियन्त्र’णका लागि लागू गरिएको काठमाडौं उपत्यकाको निषे’धाज्ञा सकिन अब केही दिन मात्र बाँकी छ ।

अवधि सकिनै लाग्दा फेरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । निषे’धाज्ञाको अवधि जेठ ३१ पछि सकिदै छ । तर सिडिओहरु त्यस पछि पनि लम्ब्याउने योजनामा रहेकोे बुझिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले यस विषयमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको पु’ष्टि गरेका छन् ।

महामारीको चेन ब्रेकका लागि थप निषेधा’ज्ञा जारी राख्ने र स्वास्थ्यको मापद’ण्ड अपनाउँदै केही सेवा भने खुकुलो बनाउने बताइएको छ ।

प्रजिअ पराजुलीले त्यसका लागि होमवर्क थालिएको बताए ।उनका अनुसार अवस्था विचार गरेर जेठ ३१ पछि के गर्ने भन्ने विषयमा निर्णय गरिनेछ । तर संक्र’मणको अवस्था अझै सामान्य

भइनसकेकाले निषे’धाज्ञा लम्बिने नै संकेत उनले गरेका छन्। को’रोना महामारीको दोस्रो लहर सुरु भएयता वैशाख १६ बाट लागू निषेधाज्ञाको अवधि पटकपटक थपेर यो जेठ मसान्त ३१ गते सम्म पु¥र्‍याइएको हो।

२०७८ जेष्ठ २८, शुक्रबार १७:१९ गते 1 Minute 483 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार