२०७८ कार्तिक ९ मंगलवार

आफ्नो उपचार खर्च समेत पार्टीलाई दिन राजी भएका थिए बीपी कोइराला । 

गणेशमान सिंह : पार्टी खोल्ने सन्दर्भमा सन् १९४६ अक्टोबर १९ मा बीपी कोइरालासँग मेरो पहिलो भेट कोलकोतामा भएको थियो । प्रजापरिषद् काण्डमा त्यत्रो या’तना सहेको र जे’लबाट उम्केको मान्छे भएकाले आफू ‘ठूलो क्रान्तिकारी हुँ’ भन्ने अहम् ममा थियो ।

नयाँ पार्टी खोल्ने सम्बन्धमा मैले भनेँ, ‘चार जना सहिद भइसकेको, वर्षौंदेखि कतिले जेलको यातना भोगिरहेकाले नयाँ पार्टीको नाम पनि प्रजापरिषद् नै हुनुपर्छ ।’ कोइरालाजीले भन्नुभयो, ‘नाम जे राख्नुहोस्, नामसित होइन, हामीले कामलाई महत्त्व दिनुपरेको छ ।

तर एउटा कुरा हाम्रो पार्टीमा धेरै प्रवासी नेपालीहरुको सहयोग आवश्यक छ । उनीहरुको सेन्टि’मेन्टलाई पनि हामीले कदर गर्नुपर्छ ।’ प्रथम भेटमै मैले कोइरालाजीलाई एक स्पष्टवक्ता र काममा विश्वास गर्ने व्यक्तिका रुपमा पाएँ र निकै प्रभावित पनि भएँ । अहोभा’ग्यको कुरा,के भने पहिलो भेटको त्यो प्रभाव ४० वर्षसम्म पनि कायमै रह्यो ।

उहाँको काम’कारबाही र विचार-धारणाले म आ’जपर्यन्त प्रभावित छु । सन् १९४६ देखि नेपालमा जुन नयाँ राजनीतिक प्रणालीको थालनी भयो, त्यसमा आफ्नो जीवनकालमात्र होइन आजसम्म पनि कोइरालाजी के’न्द्रविन्दुका रुपमा रहनुभएको छ ।

राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश प्रवेश गर्ने नीति पनि कोइरालाजीले नै अंगिकार गर्नुभएको हो । आज मुलुकमा जुन परिवर्तन आएको छ, त्यो त्यही नीतिको परिणाम हो । त्यसैले एक दू’रदर्शी राजनेताका रुपमा पछिसम्म अनेक पुस्ताले उहाँको स्मरण गरिरहनेछन् ।

स्वर्गारोहण हुनुभन्दा केही दिन पहिले, ‘कुन साथीको के अभाव र के गुण छ’ भन्दै कोइरालाजीले भन्नुभयो, ‘गणेशमानजी, तपार्इंमा केही अभाव छ जस्तो मलाई कहिल्यै पनि लागेन । तर केवल एउटा कुरा, तपाईं आफ्नो ढिपीलाई कहिल्यै छाड्नुहुन्न । आजको राजनीतिक स्थितिमा त्यसले ठूलो हानि पु¥र्याउँछ ।

यसमा तपाईंले सुधार गर्नुपर्छ । जति ठूलो त्याग, तपस्या र इतिहास भएको ठूलो पार्टीले पनि यस्तो ‘लकिरको फकिर’ नीति त्यागेन भने त्यो हराएर पनि जान सक्छ । स्थिति सधैँ स्थिर हुँदैन । आज त झन् तीव्र गतिमा परिवर्तन भइरहेछ । त्यसमा आफू पनि त्यही अनुसार लचिलो हुनैपर्छ ।’
उहाँको यो भनाइलाई हामीले अर्तीका रुपमा लिनुपर्छ ।

कोइरालाजी एक अति उदार र पार्टीप्रति ठूलो माया-ममता राख्ने व्यक्ति हुनुहुन्थ्यो । त्यतिबेला उहाँको अवस्था ज्यादै चिन्ता’जनक हुँदै गइरहेको थियो । हामी सधैँजसो बिहान-बेलुकी उहाँकहाँ पुग्थ्यौँ । एक दिन कुराको सिलसिलामा मैले भनेँ, ‘जर्मन राजदूतले हाम्रो पार्टी अफिस हेर्छु भनेर हत्ते गरे । बल्लबल्ल मैले टारेँ ।’

कोइरालाजीले सोध्नुभयो, ‘किन ?’ मैले भनेँ, ‘एउटा विदेशीलाई ल्याएर त्यहाँ राख्ने राम्रो कोठा र बस्ने ठाउँ नै छैन ।’ उहाँले तुरुन्त किसुनजीलाई सोध्नुभयो, ‘एउटा राम्रो कोठा सजाउन कति लाग्छ ?’ त्यही बीस-पच्चीस हजार,’ हामीले भन्यौँ ।

उहाँले भन्नुभयो, ‘मलाई औषधि गर्न दिएको पैसा छ । म लिएर आउँछु, लिनुहोला ।’ यसो भनेर उहाँ यसो उठेर पैसा लिन जान लाग्नुभएको थियो । ठीक त्यही बेला अमेरिकी राजदूत भेट्न आए र उहाँ राजदूतलाइ भेट्न लाग्नुभयो ।निकै बेरसम्म राजदूतसँग कुराकानी भइरह्यो ।

हामी ‘पैसा भोलि लिउँला ‘भनेर हिँड्यौँ । तर भोलिपल्ट नै उहाँको वाक्य बन्दजस्तो भइसकेको थियो । हामीलाई उहाँले त्यो पैसा दिन पाउनुभएन । तर पार्टीप्रति उहाँको कति स्नेह ! उपचार गर्न राखेको पैसा पनि उहाँ पार्टीलाई दिन कति इच्छुक ! पार्टीप्रति उहाँको ममताको यो केवल एउटा उदाहरण हो । यस्ता कैयौँ घ’टना छन् ।

२०७८ जेष्ठ २८, शुक्रबार १८:०२ गते 1 Minute 434 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार