शनिबार , जेठ २९, २०७८

गर्भको ७ महिने छोरासँगै संसारबाट बि’दा भइन् श्रीमती – २४ घण्टा नबित्दै श्रीमान पनि अ’स्ताए !

जेठ २८, २०७८ शुक्रबार 570

ताप्लेजुङ : केही घ’टना यस्ता छन् जसले जो कोहीलाई स्तब्ध बनाउँछ । को’रोना भा’इरस (को’भिड–१९) को दोश्रो भे’रियन्टले विश्वभरी नै यस्ता घट’नाहरु भइरहेका छन् ।

यही मार्च २० गते आफ्ना श्रीमान् दीपक सुब्बा थेबेसँग मन्दिर दर्शन गरेपश्चात् खिचेको तस्वीर फेसबुकमा पोस्ट गर्दै रोस्ती इवारम लिम्बूले लेखिन्, ‘सबैको मंगल होस्।’ ‘सबैको मंगल’ चाहने रोस्ती कोरो¥ना प्रकोपले उनी र उनको परिवारलाई नै मंगल गर्न सकेन ।

उनी र उनका श्रीमान दिपक झण्डै दुई सातादेखि को_रोना सं’क्रमण भएर उपचाररत थिए । रोस्ती र उनका श्रीमान् दीपक ताप्लेजुङ जिल्ला सिरिजंघा–१ सिनाम घर भएकी रोस्तीको दु’खद नि’धन भयो। दुखा’न्त पनि कस्तो–कस्तो । काठमाडौंको कपन बस्दै आएकी रोस्ती र उनका श्रीमान् दीपकले ‘सधैं

सँगै बाँच्ने कसम’ खाएजस्तै संसारबाट बिदा हुने समय पनि एकैसाथ रोजे। रोस्तीको निधन भएको २४ घण्टा नबित्दै उनका श्रीमान् दीपकको पनि निधन भएको खबर आयो। रोस्ती ७ महिने ग’र्भवती थिइन्।

‘हिजो साइली बहिनी गर्भमै भएको ७ महिनाको छोरासँग, अनि आज ज्वाई दीपक पनि यो दुनियाँबाट बिदा हुनु भयो, कति ठूलो बज्र प¥र्‍यो हाम्रो परिवारमा, हे भगवान के गर्ने होला ।,’ रोस्तीकी दिदी कल्पना काम्वाङले लेखेकी छिन्।

रोस्ती र दीपककी छोरी रसिया सुब्बा थेबेले अभि’भावक गु’माएपछि आमाबुवाको तस्बिर शेयर गर्दै गहिरो दुःखका साथ फेसबुकमा लेखेकी छिन्, ‘तपाईको आ’त्माले शान्ति पा’ओस्, तपाईं सधै हाम्रो हृदयमा रहनुहुनेछ, आमा र बुवा खुशीसाथ सँगै रहनुहोला, मेरो बारेमा चि’न्ता नलिनु होला।’

रोस्ती र दीपकको नि’धनपछि सामाजिक सञ्जाल शोक सन्देशले भरिएको छ। दीपकका पिताको पनि दुई साताअघि मात्रै नि’धन भएको जानकारी सिनामका शिक्षासेवी एवं राज’नीतिज्ञ सिंहबहादुर इवारमले दिएका छन्।

‘अति नै भैसक्यो, २ हप्ता अघि मेरो छिमेकी साथी सिनाम निवासी राजकुमार थेबेको मृत्यु भयो, हिजो २०७८।०१।३० गते उहाँकी बुहारी अर्थात् मेरो काकाको छोरी रोस्ती इवारम थेबेको मृ’त्यु भयो ।

आज उहाँको छोरा वा मेरो ज्वाई दीपक थेबेको मृत्युु भयो, एकै परिवारका ३–३ जनाको अल्पा’युमा ज्या’न गइसक्यो, यो घट’नाले मलाई मर्माहत बनायो, स्व. राजकुमार थेबे, बहिनी रोस्ती र जुवाई दीपकको आ’त्मालाई चि’रशा’न्तिका मिलोस् र शो’काकुल परिवारजनमा दुःख सहने शक्ति प्राप्त होस्

भनी तागेरा निङ्वाभु’माङसँग प्रार्थना गर्दछु, साथै दुःखमा रहनु भएका सबैमा गहिरो समवेदना व्यक्त गर्दछु,’ शि’क्षासेवी इवा’रमले लेखेका छन् । यस्ता घट’ना दैनिकजसो भएका छन् । यसैले चित्त बुझाउनुपर्छ भन्नका लागिपनि यो सान्त्व”नाका लागि यो पोष्ट गरेका छन् । दैनिक १०० जनाजति नेपालमा नै नि’धन भइरहेको छ । त्यो सबै परिवारको क’हानी यस्तै हो ।

प्रतिकृया दिनुहोस्