२०७८ आश्विन ४ सोमबार

नागार्जुनबाट पनि नि’काल्छौँ भन्थे, ज्ञानेन्द्रले आफैँ छा’डे दोस्रो दरबार ।

काठमाडौ : गाडी चढ्नुअघि पूर्व बडामहारानी कोमल एकाएक भावुक बनिन्। उनका आँखाबाट आँसु झरे। पति पूर्व राजा ज्ञानेन्द्र शाहले सम्झाए, मुटु ब’लियो पार्न भने।

पति ज्ञानेन्द्रले सम्झाएपछि १३ वर्षअघि (२९ जेठ २०६५) को साँझ नारायणहिटी राजदरबारबाट बाहिर निस्कँदा पूर्व बडामहारानी कोमलको अनुहारमा स’न्ताप देखिँदैनथ्यो।
आफ्नै पालामा राजतन्त्रको अन्त्य हुँदा बे’दना त कति थिए होलान् कति।

तर, कोमलसँगै नारायणहिटीबाट नि’स्कँदा होस् वा त्यसअघि नारायणहिटी राजदरबारमा आयोजित पत्रकार सम्मेलनमा– पूर्व राजा ज्ञानेन्द्रको अनुहारमा पनि चिन्ता वा स’न्तापको कुनै संकेत देखिएको थिएन। राजतन्त्र स’माप्त भएपछि ज्ञानेन्द्र के गर्लान्?

जी’वित छँदै ग’द्दी त्या’गेका श्री ३ जुद्ध शमशेर वा पद्म शमशेर झैँ भारततिर वा बेलायततिर पो भा’सिएलान् कि? यस्तो अनुमानहरुको खण्डन उनले नारायणहिटी छा’ड्नुअघिको पत्रकार स’म्मेलनमै गरिसकेका थिए।

‘जनताको चाहना र इच्छालाई नै सर्वाेपरि मान्ने राज परम्परा अनुसार संविधान सभाको निर्वाचन र जेठ १५ (२०६५) गते संविधान सभाको बैठकले गरेको निर्णयलाई सहज बनाउन मैले सहायोगीको भूमिका निर्वाह गरेको छु’, त्यो पत्रकार स’म्मेलनमा लिखित भा’षण वाचन गर्दै ज्ञानेन्द्रले भनेका थिए, ‘मैले देश छा’डेर जाने सोचाई बनाएको छैन।’

गणतन्त्र स्थापना भएको १४ दिनपछि २९ जेठ (२०६५) को साँझ पूर्व राजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डसमेत नेपाल सरकारलाई जिम्मा लगाएर यसैगरी सधैँका लागि नारायणहिटी छाडेका थिए। त्यसअघि नै सरकारले उनको बसोबासका लागि नागार्जुन दरबार उपलब्ध गराउने निर्णय गरिसकेको थियो।

त्यो दिन नारायणहिटीबाट सिधै उनी नागार्जुन पुगे। र, गणतन्त्रपछिका ७ वर्ष अधिकांश समय पूर्व राजा शाह नागार्जुन दरबारमै रहे। छोरा पारस सिङ्गापुर–थाइल्याण्ड बसेको बेला पूर्व राजदम्पत्ति कहिलेकाहीँ निर्मल निवास झर्थे। पारस यतै रहेका बेला प्रायः नागार्जुनमै रहन्थे।

काठमाडौँको कोलाहटबाट टाढा, झ्याउँकिरी र नानाथरिका चराहरुको चिरविर, मृग, चितुवा, बँदेल जस्ता जंगली जन्तुहरुको ख’त्र्याकखुत्रुक्– राजा वीरेन्द्रलाई जस्तै ज्ञानेन्द्र–कोमल दम्पत्तिलाई पनि नागार्जुन दरबार औ’धी मन परेको थियो। त्यसैले, आफू राजा हुँदा पनि ज्ञानेन्द्र दाजुजस्तै नागार्जुनमै रहन रुचाउँथे।

अहिले पनि पूर्व राजा ज्ञानेन्द्रप्रति आ’क्रोश पोख्नुपर्दा नेताहरूले भन्न छाडेका छैनन्– नागार्जुन दरबारबाट पनि नि’काल्छौं। तर, सात वर्ष भयो, पूर्व राजदम्पत्तिले नागार्जुनमा पाइला टेकेका छैनन्। त्यहाँ रहेका सबै सामान निर्मल निवास सारिएका छन्। १२ वैशाख ०७२ को भूकम्पले क्षति पुर्याएपछि पूर्व राजदम्पत्तिले नागार्जुन छा’डेका हुन्।

‘भूकम्पले नागार्जुन दरबारलाई नराम्ररी भ’त्काएको छ, बस्न सकिने खालको छैन’, पूर्व राजाका संवाद सचिव डा. फणिराज पाठक भन्छन्, ‘यस्तोमा त्यहाँ बस्न जाने सवाल नै भएन।’ नागार्जुन दरबारको ह’विगत जस्तो भेटिन्छ, त्यो हेर्दा लाग्छ, पूर्व राजदम्पत्ति पहिलेजस्तो त्यहीँ बसोबास गर्ने गरी अब कहिल्यै नागार्जुन फर्कने छैनन्।

उनी फर्कने गरी नागार्जुनको मर्मत सम्भार गर्ने मनस्थितिमा सरकारी अधिकारीहरु देखिँदैनन्। काठमाडौँको बालाजु बाइपासबाट ककनी जाने बाटोतर्फ लागेपछि करिब २ किलोमिटरको दुरीमा आइपुग्छ, नागार्जुन दरबारतर्फ जाने सडकको मूल गेट। को’रोना महामारी सुरु हुनुअघिसम्म नागार्जुन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने टिकट का’टेपछि जंगलभित्र प्रवेश गर्ने अनुमति मिल्थ्यो।

सडक छेवैको मूलगेटबाट प्रवेश गरेपछि एक किलोमिटरसम्मको दुरीभित्रसम्म सहजै जाने अनुमति थियो। मूल गेट प्रवेश गरेपछि पिच बाटोबाट अघि बढ्दै करिब तीन किलोमिटर माथि समथर डाँडामा पुगेपछि दायाँतर्फ नागार्जुन–शिवपुरी राष्ट्रिय निकुञ्ज सु’रक्षार्थ रहेको सेनाको ब्या’रेक भेटिन्छ।

बायाँतर्फ नागार्जुन दरबार प्रवेश गर्ने मूल गेट छ। नागार्जुन दरबार प्रवेश गर्ने गेट अगाडि एक मिटर अग्लो, आधा मिटर चौडाईको एक शिलालेख भेटिन्छ। राजा सुरेन्द्रकालिन शिलालेखमा यो जंगलभित्र प’सेर कसैले शि’कार गर्यो भने के कति स’जायँ पाउँछन्, त्यो कुरा उल्लेख छ।

शिलालेख आडैको गेटबाट प्रवेश गरेपछि नागार्जुन दरबार परिसर सुरु हुन्छ। दरबारको भवन रहेको स्थानसम्मको बाटोमा टायल बि’छ्याइएको छ। दायाँबायाँ अग्ला–अग्ला रानी सल्लाका रुखहरु उ’भिएका छन्। यी रुखहरुले यहाँको वातावरणलाई सुरम्य बनाएका छन्।

वरिपरि बँदेलको ‘घुँ’कघुँक’ आवाज निरन्तर सुनिन्छ। तर, बँदेलका क’र्कस आवाजलाई कोइलीको सुमधुर लयको ‘कुहु कुहु’ आवाजले ‘डिम’ पारिदिन्छन्। ‘राष्ट्रिय निकुञ्ज भएकाले सुरक्षित छौँ’ भन्ने सोचेर होला, सेना र स’शस्त्र प्रहरीका ब’न्दु’कको समेत तिनीहरु प’र्वाह गर्दैनन्।

२०७८ जेष्ठ ३०, आईतवार १०:०१ गते 0 Minutes 701 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार