आइतबार , साउन १०, २०७८

कतारको मागपत्र असार १ देखि प्रमाणीकरण शुरु हुँदै ।

जेठ ३०, २०७८ आइतबार 334

काठमाडौँ : कतारस्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरणको काम असार १ गतेदेखि शुरु गर्ने भएको छ । दुतावासले गत शुक्रबार यस सम्बन्धि सूचना जारी गरिसकेको छ ।

कतारस्थित नेपाली दुतावासको अनुसार असार १ देखि बिहान ८ बजेदेखि ११ बजेसम्म तीन मागपत्र प्रमाणीकरणको काम हुने जनाएको छ । त्यस्तै दुतावासले सार्वजनिक विदा बाहेक शुक्रबारदेखि बिहिबार दुतावास खुल्ला रहने जनाएको छ ।

सरकारले हाल कतार सहित टर्कीमा सातामा दुई नियमित उडान सुरु गरिसकेको छ । उडान सुचारु भएपछि बैदेशिक रोजगार बिभागले समेत सातामा दुई दिन आइतबार र बुधबार श्रम स्वीकृति दिने काम सुरु गरिसकेको छ ।

वैदेशिक रोजगारका डिमाण्डहरु समेत म्यानपावरहरुले सार्वजनिक गर्न थालेका छन् । बिभागले विज्ञापन पुर्व स्वीकृति दिने काम समेत गरिरहेका छन् । तयस्तै वैदेशिक रोजगारमा जानु अघि लिनुपर्ने अभिमुखीकरण तालिम पनि खुलेका छन् ।

वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धितहरुले जनाए अनुसार कतार सहित बिभिन्न देशबाट कामदारहरुको ठूलो शंख्यामा माग आईरहेको छ । कोरो’नाको कह’र हटेर उडान सहज हुँदा वैदेशिक रोजगारमा पठाउने प्रक्रिया ह्वात्तै बढ्ने उनिहरुको विश्वास छ । -साझा सबाल

दुतावासले जारी गरेको सूचना हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्