मंगलबार , साउन १९, २०७८

मलेसियामा एक कम्पनी विरु’द्दको मु’द्दा नेपाली लगायत ६५ श्रमिकले जिते ।

जेठ ३०, २०७८ आइतबार 390

काठमाडौँ : मलेसियामा रहेको अमेरिकी कम्पनी गुड ईयर टायर विरुद्दको मु’द्दा नेपाली लगायतका श्रमिकहरुले जितेका छन् । अदालतमा चलिरहेको एक मु’द्दामा बुधवार अदालतले श्रमिकको पक्षमा फैसला गरेको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार दर्जनौं श्रमिकले हालेको कम्पनी वि’रुद्दको मु’द्दामा श्रमिकको पक्षमा फैसला आएको हो । नेपाली लगायतका दर्जनौं श्रमिकहरुले आफूले पाउनु पर्ने सेवा सुविधा वापतको रकम, ओभ’रटाइम वापतको रकम नपाएको,

राहदानी लगायतको व्यक्तिगत का’गजात कम्पनीले अवैधानिक रुपमा क’व्जामा राखेको लगायतका विषयमा मु’द्दा हालेका थिए । यस अगाडी नै दुईवटा मु’द्दा श्रमिकले जितिसकेका थिए ।सेलेंगरमा रहेको गुड ईयर टायरमा काम गर्ने नेपाल, म्यानमार तथा भारतका ६५ जना श्रमिकले कम्पनी विरु’द्द मु’द्धा हालेका थिए ।

उनीहरुको तर्फबाट अधिवक्ता आर चन्द्रा सेगारनले मु’द्दा ल’ड्दै आएका थिए । २० लाख रिंगि’ट बरावरको रकम आफूहरुले कम्पनीबाट नपाएको भन्दै ति श्रमिकले मु’द्दा हालेको अधिवक्ता सेगरनले बताएको एएफपीले जनाएको छ ।

कम्पनीले आफ्नो तर्फबाट कुनै रकम दिन बाँकी नरहेको दावी गरेपनि अदालतले श्रमिकले दावी गरे अनुसारको रकम भुक्तानी गर्नुपर्ने आदेश दिएको हो । अधिवक्ता सेगरनले अ’दालतले मलेसियामा काम गर्ने विदेशी श्रमिकले पनि मलेसियन

नागरिकले जस्तै सेवा, सुविधा पाउनु पर्ने पक्षमा फैसला गरेको बताएको समाचारमा जनाइएको छ । आप्रवासी श्रमिकलाई कुनै भेदभाव गर्न पाइन्न भन्ने कुरा अदालतले स्थापित गरेको छ, उनले भनेका छन् । गुड ईयर कम्पनीले भनें अदा’लतको फैसलाका बारेमा पुनरा’वेदन गर्ने वा नगर्ने भन्ने बारेमा स्पष्ट पारेको छैन ।

यस विषयमा एएफपीले प्रतिकृया माग्दा कम्पनीले कुनै जवाफ दिएको छैन । यस अगाडी १ सय १९ जना श्रमिकले हालेको मु’द्दामा अदालतले यस्तै फैसला गरेकोमा कम्पनीले उच्च अदालतमा पुनरावे’दन हालेको छ ।

मलेसियामा कम्पनीहरुले आप्र’वासी श्रमिकलाई ठ’गेको, वि’भेद गरेको मु’द्दा पछिल्ला केहि बर्षयता चर्को रुपमा उठ्दै आएको छ । ग्लोव्स कम्पनीहरुले आप्रवासी श्रमिकलाई ठ’गेको घट’ना सार्वजनिक भएपछि टप ग्लोव्स लगायतका कम्पनी समस्यामा फसेका थिए ।, पछि ति कम्पनीहरुले आप्रवासी श्रमिकलाई उनीहरुले भुक्तानी गरेको भर्ना शुल्क फिर्ता गर्नुपरेको थियो ।

प्रतिकृया दिनुहोस्