२०७८ आश्विन ६ बुधबार

गुल्मीमा ठेकेदारहरुले दर्जनौं डोजर लगाएर जथाभावी चुरे उत्खनन !

गुल्मी : गुल्मी जिल्लाका विभिन्न खोलाहरुमा ठेकेदारहरुले गिट्टी–बालुवा उत्खनन् मनपरि ढंगले गरिरहेका छन । छल्दीखोलामा ईस्मा गाउँपालिका संग ठेक्का आयोजनाको

नाममा वातवरणीय प्रवाभ मुल्याङन परिक्षणले तोकेको मापदण्ड मिचेर ५ देखि ७ मिटर सम्मको गहिराईबाट हजारौ घनामिटरको परिमाणमा गिटी वालुवा उत्खनन् हुँदै आईरहेको छ ।
जवकी स्थानीय सरकार संग ठेकेदारहरुले वातवरणीय

प्र’भाव मुल्याङकन परिक्षण अनुसार ० दशमलव ५ मिटर गहिराईसम्म मात्र नदीजन्य पदार्थ झिक्न मिल्ने गरि सम्झौता गरेका छन् । त्यस्तै दुरी नै कायम नगरि जथाभावि दोहोन भई रहेको छ । ठावै पिच्छे दर्जनौं डोजर–एक्साभेटरले धमाधम गिट्टी वालुवा उत्खनन् गर्दै सयौं ट्याक्टरहरुले ओसार्दै

गरेको दृश्य तम्घास हुँदै छल्दी पनाह सिमलटारीको मुख्य सडकमा ओहोर दोहोर गर्ने जनप्रतिनिधीहरुले देखि रहेका हुन्छन । तर उनीहरुले नदेखे जस्तै गरिरहेको पाईन्छ ।

स्थानीय सरकारकबाट अनुगमन नहुने र प्रहरी प्रशासनको पनि ध्यान नगएका कारण नदजन्य पदार्थ दोहनमा ठेकेदारहरुको दादागिरि जमेको स्थानीयवासीको गुनासो छ । कानुन विपरित नदिजन्य पदार्थ उत्खनन गर्न स्थानीयवासीले अवरोध गरे पनि ठेकेदार र उनका मान्छेहरुले धम्काएर पठाउने गरेका छन ।

ईस्मा गाउँपालिका ३, छल्दीका चुरा मुखिया भन्छन –‘यस खोलामा जता मनलाग्यो त्यतै एक्साभेटरले खनेर गिटी वालुवा झिक्ने गरेका छन हामीले जथाभावी खनेर ननिकाल्न अनुरोध गर्दा यो खोलामा तेरो लालपुर्जा छ भने ल्याएर आईजा भन्छन् ।’

अर्का स्थानीय खिमानन्द खनालको गुनासो पनि उस्तै छ । उनको खेत र कुलो माथि भएको र एक्साभेटरले गहिरो गरि खन्दा खोला तल बग्ने हुँदा अब खेतमा सिंचाई कसरी गर्ने हो भन्ने चिन्ता उनमा छ । ‘ गिटी वालुवा निकाल्नेहरुलाई यसरी तल सम्म गहिरो नवनाई निकाल्नुस भन्दा पालिकाबाट ठेक्का लिएर निकालेको हो भन्दै उल्टै धम्काउँछन उनले भने –‘ यसरी त हामी मारमा परियो । ’

स्थानीयवासीको ब्याप्त गुनासो आए पछि जिल्लाबाट प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईलाई बोलाएर ईस्मा गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक विमला खत्री बिहीबार छल्दीखोला मापद’ण्ड विपरित उत्खनन गर्ने एक्सा’भेटर हटाउन पुगेकी थिईन् ।

उनले भनिन– यहाँ धेरै टिकाटिप्णीहरु आए म एउटा ईस्मा गाउँपालिकाको उपाध्यक्ष र अनुगमन समितिकी संयोजक पनि भएकोले म मुकद’र्शक भएर बस्न सकिन र यहाँ आएको हो । यहाँबाट गिटी बालुवा उत्खनन गर्ने ठेकेदारहरुको म नामै लिएर भन्न चाहन्छु नारायण पोखरेल, हरिकुमार श्रेष्ठ, चुरा – ( चुरा भण्डारी ) उपेन्द्र ( उपेन्द्र अर्याल ) हरु हुन ।

उहाँहरुलाई मैले पटक पटक ब्यक्तिगत रुपमा पनि फोन गरेर भने उहाँहरुले नटेरेको अवस्था छ ।’ उनले आफुहरु जनप्रतिनिधीहरुको पनि कम्जोरी रहेको स्वीकार गर्दै प्रहरीले समातेको बेला फोन गरेर छाडि दिन आफुहरुले दवाव दिनु गल्ती भएको उनको भनाई छ ।

छल्दीखोलामा ज,थाभावि भईरहेको उत्खनन्न बन्द गराउन पुगेका जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले भने–‘सम्भव भए सम्म हामीले रोक्ने प्रयास गर्दै आएको तर विकास निर्माणको काम यहि समय बढि हुने भएकोले बढि नै दोहन भएको देखियो । आज देखि जेसिभी लगायतका उत्दखनन् गर्ने साधनहरु हटाएका छौं । अब देखि पुर्णरुपमा बन्द गराउउने म बिश्वास दिलाउन चाहन्छु ।’

त्यस छल्दीखोलमा मात्र होईन बडिगाड खोलमा मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकाले दिएको ठेक्कामा पनि ठेकेदारले मनोमानी नदिजन्य पदार्थको दोहन गरिरहेका छन । चन्द्रकोट गाउँपालिकाको मजुवा मगर क्षेत्रमा ठेक्का नलिएका ब्यक्तिले समेत गिटी वालुवा दोहोन गरेर प्रशस्त कमाई खाने भाँडो बनाई रहेको स्थानीयवासीले बताई रहेका छन ।

उता रुद्रावेणी, रिडी र खज्र्याङ्गखोलामा पनि त्यसरी नै अवैध रुपमा नदिजन्य पदार्थको दोहन भई रहेको छ । अवैध रुपमा सञ्चालनमा आएका क्रेसर उद्योगका बिषयमा पटक पटक सञ्चार माध्यमले उठान गर्दा पनि न त सरोकारवाला निकायको ध्यान जान सकेको छ न त ठेकेदारहरुले नै नैतिकता देखाएर वैधरुपमा सञ्चालन गर्ने चासो देखाएक छन ।

ठाउँ ठाउँबाट उत्खनन गरिएका गिटी वालुवाहरु सिमिचौर स्थित निर्माणधिन रेसुङ्गा विमान स्थल , तम्घास रेसुङ्गा सडक , जोहाङ्ग मजुवा वामीटक्सार सडक , लगायतका आयोजनाले डम्पिङ्ग गर्दै आएको छ । छल्दी हुँदै सदरमुकाम कै बाटो ट्याक्टर र ट्रिपरका् ताँतीले गिट्टी वालुवा ओसार पसार गरिरहेको दृश्यहरु देख्न सकिन्छ ।

२०७८ जेष्ठ ३०, आईतवार १६:५४ गते 1 Minute 410 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार