२०७८ आश्विन ४ सोमबार

आर्थिक र सैन्य सहकार्यका लागि चीन र इरानबीच सम्झौता ।

तेहरान : आर्थिक तथा सैन्य सहकार्य मजबुत बनाउने उद्देश्यले चीन र इरानबीच रणनीतिक सम्झौ’ता भएको छ । चीन र इरानबीच भएको २५ बर्षीय रणनीतिक सम्झौताले दुई

देशबीच आर्थिक तथा सैन्य सहकार्य मजबुत बनाउने उद्देश्य रहेको छ । यो द्धि’पक्षीय सम्झौ’ता भनिए पनि यसले बृहत क्षेत्रमा प्र’भाव पार्ने बि’श्लेषण गरिएको छ । यो रणनीतिक साझेदारीको मुख्य उदेश्य इरानको अन्तराष्ट्रिय आर्थिक

क्षेत्रमा अमेरिकी प्रति’बन्धको प्रति’रोध गर्नु रहेको बिश्लेषण गरिएको छ । त्यस्तै चीन पाकिस्तान आर्थिक परियोजना (सीपीइसी) लाई इरान र टर्कीसम्म बिस्तार गर्नु अर्को महत्वपूर्ण उदेश्य रहेको छ । क्षेत्रीय भू राजनीतिक महत्व’कांक्षाले पनि यस्ता रणनीतिक साझे’दारी कायम भएका हुन् ।

यसैबीच पाकिस्तानका लागि इरानी राजदूत मोहम्मद अली होसेनीले राम्रो भविष्यका लागि इरान, पाकिस्तान, टर्की, रुस र चीनजस्ता मुलुक एक हुने सम्भावना रहेको बताएका छन् ।

यसअघि पनि इरान, पकिस्तान, टर्कीजस्ता मुलुकको क्षेत्रीय साझेदारी रहँदै आएको इतिहास छ । मध्यपूर्वमा सोभियत संघको प्र’भाववि’रुद्ध सन् १९३४ मा टर्की इरान, इराक, अफगानिस्तानबीच सादबद सम्झौ’ता भएको थियो ।

त्यस्तै, क्षेत्रीय चासोको बिषयमा साझेदारीका लागि सन् १९५५ मा पाकिस्तान, इरान, इराक, टर्की र बेलायत बीच बग्दाद सम्झौ’ता भएको थियो । यी मुलुकहरुको पछिल्लो साझेदारी र सम्झौताहरु पनि क्षेत्रीय चासो र भूरा’जनीतिक महत्वले प्रायोजित कदम रहेको बिश्ले’षण भएका छन् ।

त्यस्तै अमेरिकाले अर्को फाइजर कम्पनीले बनाएको को’रोना भा’इरसवि’रूद्धको ५० करोड डोज खो’प खरिद गरेर ९२ मुलुकलाई अनुदानमा दिने भएको छ । यो योजना आगामी वर्षसम्म कार्या’न्वयन गरिसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

यो वर्ष २० करोड डोज र अर्को वर्ष ३० करोड डोज खोप विश्वका कम आय स्रोत भएका र अफ्रिकी युनियनका मुलुकलाई दिने बाइडेनको भनाइ उद्धृ’त गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आफ्नो पहिलो विदेश भ्रमणका क्रममा जी ७ सम्मेलनमा बेलायत जान लागेका बा’इडेनले

त्यहाँ यो घोषणा गर्ने तयारी गरेको ह्वा’इट हाउसले जनाएको छ । अमेरिकामा अहिलेसम्म ६४ प्रतिशत नागरिकलाई को’रोना
वि’रूद्धको पहिलो खो’प लगाइसकिएको छ । तर कतिपय मुलुकमा खोप नै नपुग्दा अमेरिकामा’थि खो’प उपलब्ध गराउन दबाब बढ्दो छ ।

२०७८ जेष्ठ ३०, आईतवार १९:१४ गते 1 Minute 324 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार