आइतबार , साउन १०, २०७८

अर्जेन्टिना कोपाको समूह चरणबाटै बाहिरिन सक्छ, कोपा र युरो कपमा ठूलो फरक छ ।’

जेठ ३१, २०७८ सोमबार 355

एजेन्सी : ६ पटकका बालोन डि‘ओर विजेता लिओनल मेस्सीको टिम अर्जेन्टिनालाई यसपटक कोपा अमेरिका फुटबलको समूह चरणबाट अघि बढ्नै कठिन पर्ने पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले बताएका छन् ।

प्रतियोगिताको पूर्वस’न्ध्यामा उनले इंग्लिस मिडिया ‘द सन फुटबल’सँग कुरा गर्दै कोपा अमेरिका र युरो कप फुटबलबारे धारणा राखे । सोक्रममा इटालियन क्लब रोमाको नयाँ प्रशिक्षकमा नियुक्त भएका उनले अर्जेन्टिना कोपाको क’ठिन

समूहमा रहेकाले ऊ समूह चरणबाटै बाहिरिन सक्ने खतरा आफूले देखेको बताएका छन् । अर्जेन्टिनासँग अहिले मेस्सीसहित केही प्रतिभावान् युवा खेलाडी भए पनि सो टिम उपाधिको दाबेदा’र नरहेको मोउरिन्होले जि’किर गरेका छन् । ‘अर्जेन्टिनामा लियो मेस्सी, सर्जियो अगुएरोजस्ता अनुभवी र लौटारो मार्टिनेजजस्ता नयाँ प्रतिभा छन् ।

बाहिरबाट हेर्दा यो टिम निकै खत’रनाकजस्तो देखिन्छ । तर, समग्रमा हेर्दा उनीहरू त्यत्ति खत’रनाक होइनन्, जति बाहिर मानिस सोच्दछन् । उनीहरू कोपाको प्रतिस्पर्धी हुन्, उपाधि दाबेदार होइनन्,’ मोउरिन्होले भने,

‘मलाई उनीहरू सेमिफाइनल वा क्वा’र्टरफाइनलसम्म पुग्छन् कि पुग्दैनन् भन्नेमै शंका छ ।’ मोउरिन्होले अर्जेन्टिनाका पछिल्ला केही खेल र टोलीका मुख्य खेलाडीको लय हेर्दा उनीहरू समूह चरणबाटै बाहिरन सक्ने खतरा देखेको बताएका छन् । ‘अर्जेन्टिनाले पछिल्लो समय जस्तो खेल्दै आएको छ, त्यो एक सामान्य टिमको स्तरभन्दा फरक छैन ।

विश्वकप छनौटमा पछिल्ला दुई खेल हेर्दा पनि यो देखिन्छ । कोपामा उनीहरूले चिली, उरुग्वेजस्ता बलिया टोलीसँग खेल्नुपर्छ । यी दुवै टिम उपाधि दाबेदार हुन् । यदि अर्जेन्टिनाले यी दुवै खेल हारेर अन्य खेलमा पनि जित्न नसके के हुन्छ ?,’ मोउरिन्होले भने ।

मोउरिन्होले कोपामा यसपटक पनि आफूले ब्राजिललाई मुख्य उपाधि दाबेदार देखेको बताएका छन् । ब्राजिलको टोलीमा हरेक पोजिसनका लागि एकसे एक खेलाडी रहेको उनको भनाइ छ । ‘ब्राजिलले पछिल्लो समय लगातार जितिरहेको छ । यसको अर्थ उनीहरू राम्रो अवस्थामा छन् ।

मेरो विचारमा उनीहरू कोपामा उपाधिका लागि पहिलो दाबेदार हुन् । ब्राजिल आफ्नो घरमा च्याम्पियन बन्न सक्ने धेरै आधारहरू छन् । उनीहरूसँग विश्वस्तरका दुई गोलकिपर र डिफेन्डर त छन् नै, मिडफिल्ड र फ्रन्ट लाइन झनै राम्रो छ । कोपामा उनीहरू जत्तिको राम्रो टिम अहिले अरू छैन,’ मोउरिन्होले भने ।

यता, मोउरिन्होले युरो कपका विषयमा पनि आफ्नो धारणा राखेका छन् । युरो कपमा १० वटासम्म टिम उपाधि दाबेदार रहेको भन्दै मोउरिन्होले युरो कपको अनुमान गर्न कठिन रहेको बताए । ‘कोपा अमेरिकामा त खेल्ने टिम नै १० वटा मात्रै छन् । जबकि, युरो कपमा १० वटा त मुख्य उपाधि दाबेदार टिम छन् ।

१० टिममा दुई–तीन वटा दाबेदार भएको कोपा अमेरिका र २४ टिममा १० वटा दाबेदार भएको युरो कपमा ठूलो अन्तर छ,’ मोउरिन्होले भने, ‘प्रतिस्पर्धाका हिसाबले कोपा अमेरिका र युरो कपमा तुलना नै हुन सक्दैन । भलै, यिनको महत्त्व आ–आफ्नै छ ।

तर, कोपा अमेरिका जित्नु र युरो कप जित्नुमा आकाश–धर्तीको अन्तर छ ।’ मोउरिन्होले यसपटक युरो कपमा ४–५ टिम उपाधिका लागि मुख्य दाबेदार रहेको बताएका छन् । ‘युरो कपमा विश्व क्लब फुटलबका सबैजसो ठूला र चर्चित नामका खेलाडीका टिम छन् ।

यो विश्वमै सबैभन्दा चर्को प्रतिस्पर्धा हुने प्रतियोगिता हो । मेरो विचारमा यसपटक साबिक च्याम्पियन पोर्चुगल, फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड उपाधिका मुख्य दाबेदार हुन् । इटाली, जर्मनी, स्पेन, नेदरल्यान्ड्स र क्रोएसिया पनि प्रतिस्पर्धामा रहनेछन् ।’

प्रतिकृया दिनुहोस्