२०७८ आश्विन १ शुक्रबार

३९ पत्नी र २ सय सन्तान भएका यी पुरुष रहेनन् !

एजेन्सी : यी हुन् जिओना । यीनको ३९ पत्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको ७६ वर्षको उमेरमा आइतबार नि’धन भएको छ ।

मधुमेहका विरामी उनको सोही रोगका कारण निधन भएको जनाइएको छ ।भारतको मिजो’रामको अइजालस्थित अस्पतालमा जिओनाको निधन भएको हो । उनको चुआन थार तिआननुम गाउँमा बसोबास थियो ।

जहाँ उनका ३९ पत्नीसहित सन्तान दरसन्तान एउटै घरमा अझै बस्दैछन् । उनले पहिलो पत्नीसँग १५ वर्षको उमेरमा सन् १९५९ मा विवाह गरेका थिए । २४ वर्षको उमेरमा दोस्रो विवाह गरे ।

पछिल्लो विवाह उनले २५ वर्षीया युवतीसँग सन् २००४ मा विवाह गरेका थिए । कतिपय छोरीहरु विवाह गरेर गएका छन् । उनको चार तल्ले विशाल घरमा अझैपनि १६२ जना बस्दै आएका छन् । उनको परिवारलाई हेर्नकै लागि गाउँमा पर्यटक आउने गरेका छन् ।

२०७८ जेष्ठ ३१, सोमबार १५:२३ गते 1 Minute 473 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार