२०७८ आश्विन १ शुक्रबार

हिरा’सतमा रहेकी म्यानमारकी नेतृ सूचीको सुनुवाई शुरु ।

एजेन्सी : म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूकीलाई नियन्त्र’णमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदा’लतमा सुनुवाईका लागि लगिएको छ ।

उनका वि’रुद्धमा लगाइएका आ’रोपहरुमाथि सोमवारदेखि सुनुवाई सुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सत्ता नि’यन्त्रणमा लिएको म्यानमारको सेनाले ७५ बर्षिया नेतृ सूकीलाई अनिय’मितता गरेको लगायतका विभिन्न आ’रोपहरु लगाएको छ ।

उनीसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न मु’द्धाहरू लगाएको छ । मङ्ंगलबार हुने सुनुवाईका क्रममा नेशनल लिग फर डेमो’क्रेसी (एनएलडी)का नेताहरू पनि उपस्थित हुने जनाइएको छ । “हामीले अनावश्यक रूपमा यो झ’मेला झेलिरहनु परेको छ,

त्यसविरु’द्धमा हामीले राम्रो तयारी गरेका छौँ,” नेतृ सूकीका एक वकिल खिन मौङ जावले भने । नेतृ सूकीले देश, जनता र प्रजात’न्त्रका लागि गरेको योगदान र संघर्षका वि’रुद्धमा दा’ग लगाउन सैनिक सरकारले अनेक आरोपहरु लगाएको उनले टिप्पणी गरे ।

म्यानमारको जुन्ता सरकारले गत हप्ता पनि नेतृ सुकीका विरु’द्धमा नयाँ आरो’पहरूसहितको मुद्दा दर्ता गरेको थियो । म्यानमारमा गत फेब्रअरी १ मा सेनाले विभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीहरुलाई निय’न्त्रणमा लिएको थियो । नेताहरुलाई हिरा’सतमा राखेर सेनाले सत्ता निय’न्त्रणमा लिएको घोषणा गरेको थियो ।

सेनाले सत्ता हातमा लिएसँगै म्यानमारमा अहिलेसम्म पनि नागरिक आन्दो’लन भइरहेको छ । आन्दो’लनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृ’त्यु भइसकेको छ भने अरु सयौँ घा’इते भएका छन् । सुरक्षाकर्मीहरुले दर्जनौँ आन्दो’लनकारी’हरूलाई निय’न्त्रणमा लिएको छ भने कैयौँको खोजी भइरहेको जनाएको छ ।

गत नोभेम्बरमा भएको निर्वाचनमा अपेक्षित नतिजा आफ्नो पक्षमा नआएपछि सेनाले निर्वाचनमा धाँ’धली भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो । त्यही असन्तु’ष्टिको पृष्ठभूमिका नयाँ संसदको बैठक बस्ने अघिल्लो रात सेनाले सत्ता निय’न्त्रणमा लिएको हो ।

सेनाले गत निर्वाचन धाँध’लीपूर्ण भएकाले चाडै नै निश्पक्ष निर्वाचन आफ्नो सरकारले गराउने र सत्ता छोड्ने दावी गरेको छ । निर्वाचनका लागि भन्दै जुन्ता सरकारले एक बर्षे सङ्क’टकाल पनि घोषणा गरेको छ । सेनाको दावीप्रति भने आम नागरिक र विश्व समूदायले भने आपत्ति जनाउँदै आएका छन् । उनीहरूले तत्काल लोक’तान्त्रिक प्रक्रियाबाट आएका नेताहरुलाई नै सत्ता हस्ता’न्तरण गर्न माग गर्दै आएका छन् ।-एएनआई

२०७८ जेष्ठ ३१, सोमबार १९:५२ गते 1 Minute 420 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार