२०७८ कार्तिक ९ मंगलवार

अम्बाको पातले दिलाउँछ कपाल झर्ने समस्याबाट छुटकारा, यसरी प्रयोग गर्नुहोस् !

धेरैजसो मानिस कपाल झर्ने समस्याबाट ग्रसित हुन्छन् । यस समस्याबाट छुट्कारा पाउनको लागि मानिसहरु विभिन्न उपायलाई अपनाउँदछन् ।

तर पनि राम्रो परिणाम पाउन सक्दैनन् ।आज हामी तपाइँलाई अम्बाको प्रयोग गरी यस समस्याबाट मुक्ति पाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौं । यसले तपाइँको कपाललाई बढाउनमा पनि मद्धत पुर्याउँदछ ।

यस समस्याको समाधानको लागि अम्बाको पात धेरै नै राम्रो उपाय हो । बैज्ञानिकहरुको अनुसार अम्बामा भिटामिन ‘ बी ’ तत्व प्रचुर मात्रामा पाईने भएकोले यसले कपाल झर्ने समस्यालाई रोकि कपाल बढ्नमा सहयोग गर्दछ ।

प्रयोग विधि:

एउटा भाँडोमा पानी हाली त्यसमा अम्बाको पातलाई राखेर उमाल्नुहोस् । त्यसपछि यस मिश्रणलाई चिसो हुन दिनुहोेस् । र चिसो भएपछि आफ्नो कपालमा राख्नुहोस् ।

यसपछि कपाललाई सफा पानीले पखाल्नुहोस् । राम्रो परिणामको लागि सुत्नुभन्दा अगाडि यसको प्रयोग गर्नुहोस् ।
यो कपाल झर्ने समस्याको लागि धेरै नै राम्रो उपाय हो । यसले कपाललाई जरैदेखि बलियो र बाक्लो पनि बनाउँछ ।

मानिसहरु कपाल झर्ने समस्याबाट छुट्कारा पाउन महङ्गा साधनहरुको प्रयोग गर्ने गर्दछन् । तसर्थ यसको प्रयोगले तपाइँको पैसा र समय दुबै बचत हुन्छ । त्यसैले अम्बाको पातको प्रयोग गरी आफ्नो कपाललाई बाक्लो र आर्कषक बनाउनुहोस् ।

२०७७ फाल्गुन ३, सोमबार २१:५० गते 0 Minutes 875 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार