२०७८ आश्विन १ शुक्रबार

मलेसियामा विदेशी श्रमिकको खोप शुल्क रोजगार दाताले व्यहोर्नुपर्ने ।

काठमाडौं : मलेसियामा विदेशी श्रमिकको को’भिड १९ वि’रुद्दको खो’पको शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने सरकारका एक बरिष्ठ मन्त्रीले बताएका छन् ।

श्रम क्षेत्रलाई लक्षित गरेर सुरु गरिने खोप अभियानमा खोपको शुल्क श्रमिकबाट नअसुलिने व्यवस्था गर्न सम्वन्धित सरकारी निकायलाई चनाखो बनाइनुपर्ने बरिष्ठ मन्त्री अजमिन अलीले बताएका हुन् ।

मलेसियाको अनलाइन द स्टारका अनुसार खोप नि:शुल्क भएपनि श्रम क्षेत्रका लागि शुल्क लाग्ने र सो रकम रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गरिएको मन्त्री अलीले बताएका छन् । उनले खो’प वापतको रकम श्रमिकबाट

उठाउन नपाउने व्यवस्था क’डाईपूर्वक लागु हुने पनि बताए । उनले दुई मात्रा नै खो’प श्रमिकका लागि नि:शुल्क हुने पनि बताएका छन् ।

यसमा उद्योगीहरुको संगठनले पनि सहमति जनाएको बताएको समाचारमा जनाइएको छ । अन्तराष्ट्रिय व्यापार तथा उद्योग मन्त्री अजमिनले खोप अभियानलाई सहज रुपमा सञ्चालन गर्न प्रशासनिक ख’र्च वापतको शुल्क तिर्न उद्यागीहरु सहमत भएको जनाए ।

बुधवार देखि सेलेंगर, जोहर तथा पेनाङमा सुरु हुने नमुना खोप अभियानमा आफू पनि अनुगमनमा जानसक्ने उनले बताएका छन् । मलेसिया सरकारले श्रमिकका लागि खो’प लगाउने रोजगारदाताले प्रति मात्रा ९० रिं’गिट ति’र्नुपर्ने जनाएको छ । -साझा सबाल

२०७८ असार १, मंगलवार १५:३० गते 1 Minute 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार