२०७८ कार्तिक ८ सोमबार

बहराइनले तत्काललाई नेपाली कामदार नलिने !

काठमाडौं : नेपालमा को’रोना भाइ’रसको दोश्रो लहरको संक्र’मण विश्वस्तरमा चर्चा हुने गरी बढेपछि त्यसको प्रत्यक्ष मार वैदेशिक रोजगार क्षेत्रले खेप्नु पर्ने देखिएको छ ।

खाडी मुलुक बहराइनले नेपाललाई खतराको सूचीमा राख्दै तत्कालका लागि नेपाली कामदार नलिने निर्णय गरेको छ ।
त्यहाँको लेबर मार्केट रेगुलाटरी अथो’रिटीले को’रोना संक्र’मणको उच्च जो’खिम रहेका मुलुकबाट तत्काल कामदार नलिने

बतएको छ । बहराइनको को’रोना भाइ’रसको उच्च जोखिमको लिष्टमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भियतनाम रहेका छन् । बहराइनले नेपालीलाई तत्कालका लागि भिसा जारी नगर्ने गरी गरेको यो निर्णयलाई खाडीका अन्य मुलुकहरुले पनि पछ्याउन सक्ने भन्दै वैदेशिक रोजगार

‘ खाडीका देशमा रहेका नेपाली राजदूतहरुले नेपालमा संक्र’मणको दर कम हुँदै गएको विषयमा आश्वस्त पार्नु आवश्यक रहेका बताएका छन् ।

यसअघि विश्वका अति व्यस्त विमानस्थलका प्रमुखहरुले कोरोना भा’इरस सं’क्रमणको विस्तार रोक्न को’भिड रा’हदानीको अवधारणा सार्वजनिक गरेका थिए । उक्त अवधारणा अनुसार को’भिडपछिको समयमा विदेश यात्रा गर्नेको साथमा भिसा रहेको राहदानीसहित खो’प लगाएको प्रमाणपत्रको विद्युतीय प्रति देखाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा जाने बाध्य’तामा रहेका नेपाली कामदारहरु खोपको पहुँचबाट बाहिरै रहेका छन् । पहुँचवालाहरुले मात्र शुरुमा खोप लगाउन हो’डवाजी भइरहेको अहिलको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरुले सजिलै खोप लगाउन पाउने विषय सहज नदेखिँदा खोप नलगाएकै कारण रोजगारीबाट बञ्चित हुनुपर्ने अवस्था आउने कतिपयको आँकलन छ । – यो समाचार आजको राजधानी दैनिकमा छ ।

२०७८ असार १, मंगलवार २१:१८ गते 1 Minute 382 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार