२०७८ कार्तिक ८ सोमबार

श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगरबाट पनि पुन: श्रम स्वीकृति पाइने ।

काठमाडौँ : श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगर, सुर्खेतले प्रत्येक हप्ताको बुधबारका दिन पुनः श्रम स्वीकृतिको सेवा दिने भएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै असार ०१ गते देखि लागू हुनेगरी प्रत्येक बुधबार पुनः श्रम स्वीकृति दिने जनाएको छ ।
वैदेशिक रोजगार विभागको जेठ २६ गतेको निर्णय र जिल्ला

प्रशासन कार्यालय सुर्खेतसँगको समन्वयमा २०७८ असार ०१ गते देखि लागू हुनेगरी प्रत्येक हप्ताको बुधबारका दिन पुनः श्रम स्वीकृतिको सेवा प्रदान गरिने कार्यालयले जनाएको छ । साथै यो व्यवस्था यसअघि बायो’मेट्रिक नभएका

सेवाग्राहीहरूका लागि मात्रै भएकाले यस अघि बायोमे’ट्रिक भएका सेवा’ग्राहीहरुले कार्यालयमा भौतिक रूपमा उपस्थित नभई अनलाइनबाट नै सेवा प्राप्त गर्नेगरी फाराम भर्नुहुन कार्यालयले अनुरोध गरेको छ ।

विश्वव्यापी महामा’रीको रूपमा फैलिएको को’भिड १९ को तीव्र संक्रमण र जोखिम नियन्त्रणलाई मध्येनजर गरी जिल्ला
कार्यालय सुर्खेतद्वारा गत बैशाख १४ गते देखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको थियो । सो पश्च्यात बैशाख १५

देखि श्रम कार्यालयबाट भौतिक रूपमा स्वयम् व्यक्ति उपस्थित भई पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्य स्थगन गरेको थियो ।
कार्यालयमा सेवा लिन आउने सेवा’ग्राहीहरूले तोकिएका स्वास्थ्य मापदण्डहरूको पूर्णरूपले पालना गर्नुपर्ने जनाइको छ ।

२०७८ असार २, बुधबार १८:४१ गते 1 Minute 359 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार