मंगलबार , साउन १९, २०७८

यी हुन् क्यान्सर गराउन सक्ने प्रमुख ५ खानेकुरा, थाहा पाउनुहोस ।

असार २, २०७८ बुधबार 534

स्वास्थ्य : क्या’न्सर भन्ने वित्तिकै हाम्रो मुटु ढक्क फुल्छ । आफूलाई क्या’न्सर लागेके थाह हुने वित्तिकै जो कोही पनि व्यक्ति छाङ्गाबाट खसे जस्तो हुन्छ । डर र त्रासले उसलाई सताउछ ।

संसारमा प्रत्येक वर्ष यो रोगका कारणले ९६ लाख मानिसहरूको मृ’त्यु हुने गरेको छ जसमध्ये ७० प्रतिशत मान्छेहरू निम्न र मध्यम आमदानी भएका देशहरूका बासिन्दाहरू हुन् ।आज हरेक छैठौँ व्यक्तिको मृ’त्यु क्या’न्सरको कारणले हुने गरेको छ ।

संसारमा यति धेरै मानिसहरू मर्ने प्रमुख रोगको कारण भने हाम्रो आनिबानी र खानपानसंग सम्बन्धित छ । हामीले जानी–जानी वा नजानीकन खाइरहेको खानेकुराहरूले त कतै क्या’न्सर लागिरहेको त छैन रु आउनुहोस हामी पनि जानौँ यी क्या’न्सर कारक केही खानेकुराहरू(

१-सेकुवा र रातो मासु स् जनावरको फल मासुलाई आगोमा सेकाएर वा घाममा सुकाएर पछिसम्म खान मिल्ने गरि संरक्षण गरेर राखिएको खाने कुरालाई सेकुवा भनिन्छ । सेकुवा मुख्य रूपमा रातो मासु बाट बनाइन्छ ।

रातो मासुलाई सेकुवा बनाउने क्रममा पोल्दा, तेलमा तारदा, घाममा सुकाउँदा वा प्रशोधन गर्दा धेरै प्रकारका क्यान्सर कारक तत्वहरू कार्सि’नोजीन उत्पादन हुने हुँदा सेकुवा स्वास्थ्यका लागि राम्रो खाने कुरा हैन । यस्तै धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन

मिसाइ बनाइएका परिकारहरू क्या’न्सर रोगका प्रमूख कारणहरूमा पर्दछन् । यस्तै सेकुवा बनाउने क्रममा मासुलाई ग्यास वा दाउरामा पोल्दा हाइड्रो’कार्बन उत्पन्न हुने हुँदा हाइड्रो’कार्बनले पेट, आ’न्द्रा र छालामा क्या’न्सर हुन सक्छ । मासुलाई आगोको ज्वाला र धुवाको मुस्लोमा सिधै सेकाउँदा यसभित्रको गुलियो पदार्थ र प्रोटिन उच्चतापक्रले

गर्दा परिवर्तित भई एक्रिल्या’माइड्स उत्पन्न गर्छ जुन क्या’न्सर रोग गराउन सहयोगी हुन्छ । एक्रिल्या’माइड्स क्या’न्सर कारक यौगीक हो ।
२-जङ्कफूडः हामीले मिठो मानि–मानि खाने गरेको जङ्क’फूड एवं प्रशोधित खानेकुराहरूके सेवनलाई पनि क्या’न्सर कारक खाने कुरा मानिएको छ ।

जङ्कफूड एवं प्रशोधित खानेकुराहरूमा उच्च मात्रामा नुन, चिनी र तेल हालिएको हुँदा उच्च मात्रामा प्रशो’धित खानेकुराको सेवनले क्या’न्सर हुन सक्छ। यसैगरी अन्त’र्राष्ट्रिय क्या’न्सर अनु’सन्धान संघका अनुसार मासुलाई प्रशोधन गरेर बनाईएको जङ्क’फूडमा हालिएको प्रशोधित मासुलाई क्या’न्सर कारक मानेको छ भने अलु, चामल वा प्रशोधित गहूँको पिठो

मैदालाई तेल वा ध्यूमा तारेर बनाइएको खाने कुराहरू पनि उच्च क्या’न्सर कारक खानेकुरा हुन् । यी खानेकुराहरूमा उच्च् मात्रामा चिनी, सोडा, सुग’न्घकारक तत्वहरू कृतिम रंग, तेल अदि चिजहरू हाल्ने गरिन्छ । उच्च तापमा पकाइएको हुनाले खानेकुरामा धरै ईन्फ्ला’मेटरी योगीक हरू छन । यसमा अलावा जङ्कफूडके पौ’ष्टिक मुल्य पनि अत्यन्त न्यून हुन्छ । रेशा र चोकरको मात्रा त हुँदै हुँदैन । यसर्थ जङ्क’फूड खादाँ क्या’न्सरको उच्च जो’खिम रहन्छ ।

३-रक्सी’स् अन्तर्राष्ट्रिय क्या’न्सर अनुस’न्धान एजेन्सीले र’क्सीलाई समूह(१ को क्या’न्सर कारक तत्वमा वर्गीकृत गरेको छ । यसको मतलब के हो भने रक्सीले मानिसमा क्या’न्सर गराउदछ भनेर य’थेष्ट प्रमाणहरू जुटिसकेको छ। र’क्सीको सेवनले विशेष गरेर मुख, घाँ’टी, अन्न नली स्तन, कलेजो, पेट र ठू’लोआ’न्द्राको क्या’न्सर हुने गर्दछ।

४-केल्डड्रि’ङ्कस एवं चिनी हालिएका खानेकुराः उच्च मात्रामा चिनीको सेवन क्या’न्सरको कारण हो । उच्च मात्रामा चिनी हालिएको, रेशा र चोकर निकालिएको कम पौष्टिक मुल्यको प्रशो’धित खानेकुराहरू को क्या’न्सर संग गहन सम्बन्ध छ । अनुश’न्धानहरूले प्रकाशित पारे अनुरूप रक्त ग्लूकोजलाई ह्वात्तै

बढाउने खालका खानेकुराहरूले पेट, ठूलो आन्द्रा र स्तनलगायत अन्य धरै प्रकारका क्या’न्सरहरूको जोखिम बढाउँदछ । चिनी हालिएको खानेकुरा खाइरहदा रगतमा ग्लूकोज र ईन्सु’लिन दुबै बढ्दछ। उच्च रक्त ईन्सु’लिनले कोषहरूको अनियन्त्रित बृद्धिलाई सहायता गर्नुको साथै ईन्फ्ला’मेसनलाई समेत बढाउँदछ।

५-तेलमा तारेका खानेकुराः खानेकुराहरूमा पोषक तत्वहरू मौजुद हुन्छन् । यी पोषक तत्वहरू सूक्ष्म पो’षकतत्व र स्थुल पोषक तत्व गरेर दुई प्रकारका छन । खानेकुरालाई तेलमा तारदा तेलको उच्च तापले खानामा विद्यमान धेरै पौ’ष्टिक तत्वहरू नष्ट गरिदिन्छ । हामीले खाने वनस्पती तेलहरूको क्वा’थनाङ्क उम्लिने २५० डिग्री से’ल्सियस देखि ३०० डिग्री सेल्सि’यसबीचको छ भने अझ धेरै बेर सम्म तेलमा तारदा

यो ताप अझै बढ्दछ फलतः उच्च ताप’क्रमका कारण खानेकुराहरूका धेरै पौष्टिक तत्वहरू नष्ट भएर जन्छन् । यसो हुँदा खानेकुरा कम पौ’ष्टिक हुन पुग्दछन । यसका अलावा उच्च तापकै कारणले हेटेरो साई’क्लिन अमाईन र एड’भान्स ग्लाईके’सन ईण्ड प्रो’डक्ट जस्ता रसाय’नहरू निस्कने गर्दछन् । यी यौ’गिकहरूको उत्पादन धेरैमात्रामा भयो भने शरीरमा ईफ्ला|मेसन र क्या’न्सरको जोखि’म उच्च हुन्छ ।

प्रतिकृया दिनुहोस्