२०७८ आश्विन ४ सोमबार

चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना बिहीबारदेखि प्रसारण प्रणालीमा जोडिँदै ।

काठमाडौं : रौतहटस्थित चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाको ४ मेगावाट विद्युत बिहीबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । निर्माण पूरा भइसकेको सौर्य विद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु हुन लागेको हो ।

बैशाखभित्रै प्रसारण प्रणालीमा जोड्ने भनिए पनि कोरोना (को’भिड–१९) महामा’री’को दोस्रो लहरको प्र’भावले केही ढिलो गरी उत्पादन सुरु हुन लागेको हो । जलविद्युतमा लगानी गर्दै आएको कम्पनीले पहिलो पटक सौर्य विद्युत आयोजना निर्माण गरी प्रणालीमा जोड्न लागेको हो ।

आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ३ किलोमिटर दुरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोड्ने तयारी पूरा भएको प्रवद्र्ध’क अपि पावर कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौपानेले बताए । अहिले आयोजनाको परीक्षण भइरहेको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।

‘हामीले बैशाखभित्रै उत्पादन सुरु गर्ने योजनाअनुसार काम गरिरहेका थियौं,’ उनले भने, ‘तर,यसबीचमा आयाजनामा कार्यरत कर्मचारी तथा कामदार नै कोरोना संक्रमित भएपछि अन्तिम चरणको काम पूरा हुन नसकेकाले उत्पादन असार पहिलो सातासम्म धकेलिएको हो ।’ उनले १५ दिन परीक्षण उत्पादन गरी विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिइने र त्यसपछि व्यापारिक उत्पादन सुरु गरिने बताए ।

कम्पनीले १२ बिघा क्षेत्रफलमा ४ सय वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरेको हो । यो आयोजनाले वार्षिक ६९.२५ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । मासिक ५ लाख युनिटसम्म विद्युत उत्पादन हुनेछ ।

३३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंक अफ काठमाडौंले एकल लगानी गरेको छ । आयोजनामा कूल लागतको २५ प्रतिशत (८.२५ करोड ) स्वपुँजी र ७५ प्रतिशत (२४.७५ करोड) ऋ’ण लगानी छ । यो सौर्य विद्युत आयोजना प्रसारण प्रणाललीमा जोडिएपछि प्रदेश–२ को विद्युत वितरण प्रणालीमा सुधार भई यहाँका उद्योगहरूमा दिगो र गुणस्तरीय विद्युत प्र’वाह हुने कम्पनको दाबी छ ।

यो आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो । कम्पनीले १/१ मेगावाटका ढल्केबर र सिमरा सौर्य विद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

जसमा ढल्केबर सौर्य विद्युत आयोजनाको करिब ५० प्रतिशत निर्माण पूरा भइसकेको छ । यी २ सौर्य विद्युत आयोजनामा पनि बैंक अफ काठमाडौंले एकल लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता भइसकेको छ ।

कम्पनीले यसअघि दार्चुलामा निर्माण गरेका साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दार्चुलामै ४० मेगावाटको माथिल्लो चमेलिया पनि निर्माणाधीन छ ।- उर्जा खवर

२०७८ असार २, बुधबार १९:४३ गते 1 Minute 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार