२०७८ कार्तिक ९ मंगलवार

कृष्ण कंडेलको नेतृत्वमा राहात सहित सिन्धुपाल्चोक पुग्यो इन्द्रेणी टिम !

काठमाडौं : इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेलको नेतृत्वमा इन्द्रेणी टिम राहात सहित सिन्धुपाल्चोकको हेलम्बु पुगेको छ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बे’पत्ता भएका ७ जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बेपत्ता भएका ७ जनाको श’व भेटिएको हो । डीएसपी सापकोटाका अनुसार मृ’तकमध्ये ६ जनाको पहि’चान खुलेको छ ।

उनका अनुसार मृत’कहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए । मृत्यु हुनेहरूमा हेलम्बु २ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु ३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति,

चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु(६ का च्याङ्बा तामाङ छन् । जिल्ला प्र’हरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ ।

इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको डीएसपी सापकोटाले बताए । हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए ।

२०७८ असार ३, बिहीबार ०५:४५ गते 1 Minute 1449 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार