२०७८ कार्तिक १ सोमबार

बाढीले आफ्नो १० करोडको सम्पति बगाए पछी गहभरी आशु पर्दै एक वृद्द ! (भिडियो सहित)

काठमाडौ : वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ

कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सश’स्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ । त्यस्तै मेलम्चीमा बाढीमा चिनिया र भारतीय नागरिक सहित २० जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा तीन भारतीय र तीन चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्माणस्थलमा रहेका ७६ जनालाई हेलि’कोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ ।

उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ ।आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।

मङ्गलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेड’वक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको थियो ।बाढीले आफ्नो १० करोडको सम्पति गएपछि एक वृ’द्द भावुक हुदै मिडियामा आफ्नो दुखेसो यसरी पोख्छन ।

भिडियो !

२०७८ असार ३, बिहीबार २१:१२ गते 1 Minute 845 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार