२०७८ आश्विन ५ मंगलवार

सवारीमा जोर–बिजोर, छुट्टाछुट्टै समय तालिकामा व्यापार–व्यवसाय सञ्चालन गर्न दिइने ।

काठमाडौं : देशभर जारी निषेधा’ज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । को-भि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले यस्तो निर्णण गरेको हो ।

सीसीएमसीका कार्यकारी निर्देशक बा’लानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र ‘ सवारी–साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताए ।

‘असार ७ गतेसम्मको को’रोना संक्र’मणको अवस्था अध्ययन गरिनेछ । त्यसपछि मात्रै कुन–कुन क्षेत्रमा के–के गर्न दिइने भन्नेबारे थप निर्णय गरिनेछ,” शर्माले भने ।गएको वैशाख १३ गते बाँकेबाट सुरु निषे’धाज्ञा अहिले ७५ जिल्लामा जारी छ । काठमाडौं उपत्यकामा पछिल्लोपटक असार ७ सम्म निषेधाज्ञा थप गरिएको छ ।

कार्यकारी निर्देशक शर्माका अनुसार असार ७ पछि पनि निषे’धाज्ञालाई नै निरन्तरता दिइनेछ । ‘असारपछि पनि लकडा’उनलाई नै निरन्तरता दिई को’रोना सं\क्रमणदरको अवस्थाबारे विश्लेषण गरिनेछ ।

त्यसैअनुरुप स्वास्थ्य मा’पदण्डमा क’डाइ गरी चरणब’द्ध रुपमा लकडाउन खु’कुलो बनाउँदै लगिनेछ,” उनले भने ।शर्माका अनुसार अब अन्य व्यापार, व्यवसाय खुलाउन दिइनेछ ।
अहिले जारी नि’षेधाज्ञामा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसलहरु खुलाउन दिइएको छ । तर, असार ७ पछि भने यस्तो हुने छैन ।

स्मार्ट लकडाउन जारी भएपछि विभिन्न किसिमका पसलहरु खोल्न दिइनेछ,” शर्माले भने, ‘‘यसका लागि समय तोकिनेछ । खाद्यान्न पसललाई ९ बजेसम्म खोल्न दिने गरी समय तो’किनेछ । कपडा पसल, इले’क्ट्रोनिक पसल १० देखि १२ बजेसम्म खोल्ने समय मिलाइनेछ । त्यस्तै, हार्डवेयर पसल १ देखि ४ बजेसम्म खोल्न दिइने समय तालिका बनाइनेछ ।

विकास निर्माण क्षेत्र र अत्यावश्यक उद्योग स्वास्थ्य मा’पदण्ड पालना गरी खोल्न दिइनेछ ।” बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीएमसीको बैठक बसेको थियो । उक्त बैठकले निषेधाज्ञालाई ‘स्मार्ट लकडाउन’मा परिणत गर्ने

निर्णय गरेको हो ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सं’क्रमण नबढ्ने गरी खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए । स्वास्थ्य मापद’ण्डमा क’डाइ गर्दै च’रणबद्ध रुपमा ज’नजीवन सहज बनाउँदै लैजानुपर्ने ओलीको भनाइ थियो ।

२०७८ असार ३, बिहीबार २१:२२ गते 1 Minute 464 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार