२०७८ कार्तिक १ सोमबार

जात थाहा पाएपछि कोठा नदिने घरबेटीवि’रुद्ध रूपाले दिइन् जाहेरी ।

काठमाडौँ : तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरु’द्ध सञ्चारकर्मी रूपा सुनारले प्र’हरीमा जा’हेरी दिएकी छिन् ।

संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका– ११ बबरमहलकी सरस्वती प्रधानविरु’द्ध ​बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् ।

उनले आफूमा’थि भएको वि’भेदविरु’द्ध अधिकारकर्मी , पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवा’छुत तथा क’सुर र स’जाय ऐन, २०६८ अनुसार प्रहरीमा जा’हेरी दर्ता गराएकी हुन् ।

आफूलाई तल्लो जातको भन्दै प्रधानले कोठा भाडामा नदिएको पीडित सुनारको गुनासो छ । कोठा दिन अस्वी’कार गर्ने घरबेटीविरु’द्ध का’रबाही हुनु पर्ने पी’डित सुनारको माग छ।

मंगलबार उनी साथीसँग कोठा खोज्न प्रधानको घरमा पुगेकी थिईन् । प्रधानको घरमा कोठा खाली थियो । कुराकानी पछि कोठा दिन मन्जुर भएको, कोठा दिइसकेपछि घरधनी प्रधानले कुन थरको भन्ने प्रश्न गरेको र जवाफमा सुनारले ‘ कामीकी छोरी’ भनेकी थिइन् ।

जवाफ सुन्ने बित्तिकै घरधनी प्रधानले अनकनाउँदै साँझ फोनमा जानकारी दिने बताइन्। साँझमा रुपासँगै गएकी साथीलाई फोन गरेर यस्तो मान्छे किन ल्याएको भन्दै त्यस्तालाई कोठा दिन नमिल्नै भन्दै जवाफ दिएकी थिइन् ।

घरबेटीको घरमा कोठा खाली भएपछि रुपाकी साथीलाई कोठा बस्ने मान्छे समेत लिन आग्रह गरेकी थिईन्। घटना लगत्तै सुनारले मंगलबार साँझ आफूमाथि माथि भएको जातीय वि’भेदको बारेमा भिडियो सार्वजनिक गरेकी थिइन्।

२०७८ असार ४, शुक्रबार १३:१२ गते 1 Minute 405 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार