२०७८ आश्विन ६ बुधबार

विप’त्तिमा जनताप्रति खटिएका सेवकप्रति हार्दिक नमन ।

काठमाडौ : सिन्धुपाल्चोकको मेलम्चीमा बाढी र प’हिरोमा फसे’काहरूलाई नेपाली सेनाले हेलिकोप्टरबाटै उ’द्धार थालेको छ ।मेलम्चीको बाढीपछि एक होटलको छतमा बसेर ज्यान

जोगाएका दुई व्यक्तिलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धा’र गरेको छ । होटलको तल्लो तल्लाहरु बाढीले डुबाएपछि मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए । होटलको छतमा बसेर ज्यान जोगाएका उनीहरूलाई हेलिकोप्टरमार्फत सेनाले उ’द्धार गरेको हो ।

मंगलबार साँझ मेलम्ची र इन्द्रा’वती नदीमा आएको बाढीले कयौँ बेप’त्ता भएका छन् ।स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले ५० जनाभन्दा बढी बेपत्ता भएको जनाएका छन् । प्रशासनले बेप’त्ताहरुको यकिन विववरण प्राप्त भइनसकेको र सूचना संकलन जारी रहेको जनाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले अहिलेसम्म ७ जनाको मृ’त्यु भएको पु’ष्टि गरेका छन् । उद्धार तथा राहतको काममा हेलिकप्टरमार्फत जनशक्ति परिचालनको भएको प्रजिअ पोखरेलले बताए ।

यस्तै प्रभाबि’त क्षेत्रको स्थलगत अध्ययनका लागि सभामुख अग्‍निप्रसाद सापकोटा सिन्धुपाल्चोकको जाँदैछन् । हेलिकोप्टर यसअघि नै उ’द्धारका लागि गइसकेकाले सभामुख सापकोटा

गाडीबाट सिन्धुपाल्चोक जान लागेका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । सभामुख सापकोटा मेलम्ची पुगेर स्थलगत अध्ययन गर्ने र आजै साँझ काठमाडौँ फर्किने न्यौपानेले बताए ।

२०७८ असार ४, शुक्रबार २३:४८ गते 1 Minute 270 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार