२०७८ आश्विन २ शनिबार

गाउँ’पालिकाले नै एमबिबिस पढाउने ।

ताप्लेजुङ : चि’कित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्गा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ ।

बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो । वर्षमा एमबिबिएस अध्ययनको लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने गाउँपालिकाले जनाएको छ ।

विद्यार्थीले पढाई सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वा’स्थ्य कार्यालयमा सेवा गुर्न पर्ने गाउँपालिकाले जनाएको छ । निःशुल्क शिक्षा हामी सबैको इच्छा’ नाराअन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने पालिका भरिका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था, प्रत्येक वडाका एक–एक जना

सर्बोत्कृष्ट विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिकाभरिका ४१ वटै विद्यालयका विद्यार्थीको पोशाकमा एकरुपता कायम गर्ने नीति गाउँपालिकाले लिएको छ ।

एसइई अघि कम्तिमा दुई महिना निःशुल्क कोचिङ कक्षा चलाउने भएको छ भने उपाध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत दलित, महिला र अपाङ्गता परिचयपत्र प्राप्त बिद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिष्ट्रेन शुल्क र परीक्षा शुल्क वापतको रकम गाउँपालिकाले व्य’होर्ने भएको छ ।

यस्तै प्रत्येक वर्षको एसइई परीक्षामा गाउँपालिका भित्रबाट सर्बोत्कृष्ट नतीजा ल्याउने एक छात्र र एक छात्रालाइ एक–एक थान ब्राण्डेड ल्यापटपसहित सम्मान गरिने भएको छ ।
यस्तै कक्षा ८ को बार्षिक परीक्षामा सर्बोत्कृष्ट नतीजा ल्याउने एक छात्र र एक छात्रालाई नगद रकमसहित पुरस्कृत गर्ने घोषणा गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाको सद्भावना पर्यटन दूतमा कलाकार गजुरेल !

गाउँपलिकाले राष्ट्रिय कलाकार मनोज गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्ति गर्ने घोषणा गरेको छ । गाउँपालिकाको नियमित नवौँ गाउँ सभामा गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्त गर्ने निर्णय गरिएको थियो ।

‘सिरिजङ्गाको छोरा’ उपनामले समेत गजुरेलाई सम्मान गर्ने गाउँपालिकाले जनाएको छ । गजुरेल सिरिजङ्गा गाउँपालिका—५ मामाखे गाउँमा जन्मनुभएको हो । -रासस

२०७८ असार ५, शनिबार ००:१४ गते 1 Minute 357 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार