२०७८ आश्विन २ शनिबार

झापामा चैते धान प्रतिहेक्टर ४.५ मेट्रिक टन उत्पादन ।

झाला : झापामा यस बर्ष चैते धानको क्षेत्र बिस्तार भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोनअन्तर्गत जिल्लामा चैते धानको क्षेत्र बिस्तार भएको हो ।

परियोजना कार्यान्वयन ईकाई चन्द्रगढीकाअनुसार यस बर्ष झापामा चैते धानको क्षेत्र करिब ५ सय हेक्टरमा बिस्तार भएको हो । क्षेत्र बिस्तारको लागि परियोजनाले किसानलाई दुइटा शीर्षकमा अनुदान उपलब्ध गराएको थियो ।

धान सुपर जोन झापाका प्रमुख बरिष्ठ कृषि अधिकृत रबिन्द्र सुवेदीले जिल्लामा यस बर्ष क्षेत्र बिस्तार र चक्लाबन्दी खेतीअन्तर्गत चैते धानको क्षेत्र बिस्तार भएको जानकारी दिए ।
उनकाअनुसार क्षेत्र बिस्तार शीर्षकबाट ३ सय हेक्टर तथा चक्लाबन्दी शीर्षकबाट १ सय ९५ हेक्टर गरी जिल्लामा

करिब ५ सय हेक्टर क्षेत्रमा चैते धानको खेती बिस्तार भएको हो । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा २१ हजार हेक्टरमा चैते धानको खेती हुँदै आएको थियो ।

परियोजनाले चक्लाबन्दी खेतीका लागि जिल्लाका १३ वटा सहकारीलाई छनोट गरेको थियो । ती सहकारीलाई १०÷१० लाखका दरले अनुदान समेत उपलब्ध गराएको सुवेदीले जानकारी दिए ।

५० प्रतिशत अनुदानअन्तर्गत उपलब्ध गराएको १० लाख रुपैयाँले चौते धानको बिउबिजन, मल, यन्त्र उपकरण खरिद गरेका थिए । यस बर्ष जिल्लामा ठूलो मात्रामा हर्दिनाथ जातको धान लगाएका थिए । सुवेदीकाअनुसार जिल्लामा चैते धान प्रतिहेक्टर ४.५ मेट्रिक टन उत्पादन भएको उनले बताए ।

२०७८ असार ५, शनिबार १७:१५ गते 0 Minutes 384 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार