२०७८ कार्तिक ११ बिहीबार

असार ९ गतेदेखि दुबई–काठमाडौँ उडान सुरु हुने, कति छ टिकट मूल्य ?

काठमाडौँ : यही असार ९ गते देखि दुबई–काठमाडौँ उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले असार ९ (जुन २३) देखि दुबई–काठमाडौँ एकतर्फी उडान सुरु गर्ने भएको हो ।

निगमका अनुसार को’रोना भा’इरस महामा’री निय’न्त्रण्का लागि सरकारले गरेको निषे’धाज्ञाका कारण दुबईमा रोकिएका श्रमिकलाई उ’द्धार गर्ने उद्देश्यले सरकारको निर्णय अनुसार उडान सुरु गर्न लागिएको हो ।

दुबई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरुले भने यूएईका उडानमा युएई जान सक्दैनन् । नेपाल वायुसेवा निगमका अनुसार दुबईको उ’द्धार उडान असार ९ गते र असार १६ गतेका लागि तय भएको छ ।

उडान एकातर्फी भएकाले यूएईबाट नेपाल आउनेहरुले महँगो टिकट का’ट्नुपर्ने भएको छ ।निगमका अनुसार यूएईबाट नेपाल आउनका लागि टिकट मूल्य करिव ५० हजारको हा’राहारीमा छ ।

यूएईबाट हुने उडान नियमित उडान नै भएपनि एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सले जनाएको छ ।यूएईबाट करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरूले यी उडानबाट स्वदेश फिर्ता हुन सक्नेछन् ।

२०७८ असार ६, आईतवार १२:४४ गते 1 Minute 1035 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार