२०७८ आश्विन ४ सोमबार

निषे-धाज्ञापछि आज पहिलो साउदी उडान !

काठमाडौँ : निषे’धाज्ञापछि पहिलो पटक आज साउदीको दम्मामको लागि हिमालय एयरलाइन्सले उडान भर्दैछ । यो उडान चार्टर्ड उडान हो ।

नागरिक उड्ययन प्राधिकरणले उडान अनुमति दिएसँगै आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको उडान बिहान ९:१५ बजे साउदी प्रस्थान गर्दैछ ।

त्यस्तै आजै उक्त उडान साउदीको दम्मामबाट बेलुका २०:१० बजे काठमाडौँ आईपुग्ने उडान तालिका छ । सरकारले यस अघिनै साउदी मलेसिया लगायत देशको उडान खोल्ने निर्णय गरेको थियो । तर मिति भने तोकिएको थिएन ।

आजै नियमित उडान अन्तर्गत कतार एयरवेज र नेपाल एयरलाइन्सको दुई उडान दोहाको लागि उड्दैछ । तालिका अनुसार आज कतार एयरवेजको उडान बिहान

११:०५ बजे काठमाडौँबाट उड्दैछ भने नेपाल एयरलाइन्सको उडान बेलुका २२:०० बजे उड्ने तालिका छ । त्यस्तै आज हिमालय एयरलाइन्सको चार्टर्ड उडान दोहाबाट विहान ९:०० बजे काठमाडौँ आईपुग्ने तालिकामा उल्लेख छ ।

सरकारले गत साता गरेको अन्तराष्ट्रिय उडान सम्बन्धि निर्णयमा सातामा दुई हजार भन्दा बढी नबढ्ने गरि विदेशबाट यात्रु ल्याउन पाइनेछ, यसै निर्णयलाई टेकेर अब उडान गर्न अनुमति पाइने बताइएको छ ।

२०७८ असार ७, सोमबार १४:३३ गते 1 Minute 382 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार