आइतबार , साउन १०, २०७८

शरीरको तौल घटाउनका लागि १६ घण्टा भोकै बसेर खानेभन्दा यसरी खाना खानु धेरै फाइदाकारी ।

असार ७, २०७८ सोमबार 412

एजेन्सी : शरीरको तौल घटाउनका लागि मानिसहरु खाना नखाने ट्रेण्ड बढी रहेको छ । ट्वीटरका सीइओ ज्याक डोर्सी, रीस वेदरस्पुन र नेनिफर एनिस्टन जस्ता हस्तीहरु तालिका मिलाएर खानेका पक्षधर मानिन्छन् ।

यस प्रकारको फास्टिङ्गलाई इन्टरमिटेन्ट फास्टिङ्ग भनिन्छ । तर, बेलायतमा भएको एक अध्ययनले यसप्रकारको फास्टिङ्गमा तीब्र गतिमा शरीरको तौल घटाउनमा काम लाग्दो नदेखिएको जनाइएको छ ।बेलायतको बाथ युनिभर्सिटीमा भएको एक अध्ययनमा इन्टरमिटेन्ट फास्टिङ्ग गरेर तौल नआएको बरु

परम्परागत डाइट अपनाउनेहरुको तौलमा कमी देखिएको पाइयो । उक्त रिसर्चका नेतृत्वकर्ता तथा युनिभर्सिटीमा सेन्टर फर न्यूट्रिसन, एक्सरसाइज एण्ड मेटाबोलिज्मका प्रमुख प्रो. जेम्स बेट्सका अनुसार जो मानिस चाँडो आफ्नो शरीरको तौल घटाउन चाहन्छन् उनीहरुका लागि परम्परागत भोजन नै उत्तम विकल्प हो ।

यसप्रकारको पोषणमा निश्चित अवधीमा क्यालोरीको मात्रा लगातार स्थिर राख्न सकिने बताइएको छ । प्रोफेसर बेट्सका अनुसार घण्टौं उपवास बसेर खाँदा मांशपेशीहरु र शारीरिक गतिविधिहरुको एक प्रकारको स्तर बनाई राख्न समस्या हुने हुन्छ ।

अध्ययनको सन्दर्भमा पहिलो समूह हरेक दोस्रो दिन ब्रत बस्न भनिएको थियो । अघिल्लो दिन उनीहरुलाई सामान्य डाइटको ५० प्रतिशतभन्दा धेरै खाना दिइएको थियो । दोस्रो समूहको मात्र परम्परागत तरिकाले खुवाइएको थियो ।यसमा क्यालोरीको मात्रा २५ प्रतिशतसम्म कम राखिएको थियो ।

तेस्रो समूहलाई पहिलो समूहको झैं एक दिन छोडेर खाली पेट बस्नु पर्ने थियो भने अघिल्लो दिन सय प्रतिशत खाना दिइएको थियो ।तीन हप्ता पश्चात यसको नतिजा सबैलाई छक्क पार्ने खालको थियो । पहिलो समूहका ले १.६ किलो आफ्नो तौल घटाए भने दोस्रो समूहकाले २ किलोसम्म तौल घटाएका थिए । त्यसैगरी तेस्रो समूहकाको तौलमा भने कुनै खास परक आएन ।

प्रतिकृया दिनुहोस्