२०७८ आश्विन ६ बुधबार

बधाई ! पहिलो पटक नर्वे सेनामा आठ नेपाली युवा भ’र्ती हुन सफल ।

काठमाडौँ : नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन् । नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो ।

जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षका लागि क’न्ट्रयाक्ट साईन गरेका हुन्छन् । सो अवधि सकिएसँगै उनीहरु घर फर्किन पनि पाउँछन् भने थप क’न्ट्रयाक्ट लिन पनि सक्छन् ।

तर, यस भर्तीमा भने पेन्सनको व्यवस्था हुँदैन । भर्ती हुनका लागि अन्तर्वार्ता, शारिरिक व्या’यामलगाएतका विभिन्न टेस्टहरु पास गर्नुपर्ने हुन्छ ।भर्ती भएका आठ जनामध्ये रोल्पाका किरण राना मगर पनि रहेका छन् । उनी रोल्पाबाट नर्वे सेनामा भर्ती हुने पहिला व्यक्ति समेत हुन् ।

नर्वे सेनामा भर्ति हुन सफल किरणले सो ठाउँमा पुग्न पाउँदा आफूले निकै गर्वको महसुस गरेको जनाएका छन् । ‘मेहनतका साथ यस ठाउँसम्म पुग्न पाउँदा निकै गर्वको महसुस भएको छ’ उनले भने ,‘नेपालीले विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो मेहनत र परिश्रमले केही गर्छ है भन्ने लाग्छ ।

नर्वे सेनामा भर्ती हुनु म लगाएत मेरो परिवार र देशका लागि समेत गर्वको विषय हो ।’ब्रिटिस आर्मी र ईण्डियन आर्मीले नेपाली युवाका लागि विभिन्न समयमा भर्ती खुलाउदै आए पनि अन्य विभिन्न देशहरुले भने आधिकारिक रुपमा नेपालीका लागि सेनामा भर्ती खुलाएका छैनन् ।

कतिपय नेपालीहरु केही समयका लागि क’न्ट्रायाक्टमा विभिन्न देशको सेनामा भर्ती भने हुँदै आएका छन् । विदेशी सेनामा भर्ती भएका व्यक्तिलाई कतिपय देशहरुले कम समयमै आफ्नो देशको नागरिकता समेत उपलब्ध गराउँदै आएका छन् । नर्वे विश्वकै विकसित देशमध्ये एक हो ।

मानव विकास सूचकांक (ह्यू’मन डेभलपमेन्ट ईन्डेक्स)मा समेत नर्वे पहिलो नम्बरमा रहेको छ । नर्वे सेनामा पहिलो पटक नेपाली युवाको समूह समेत भर्ती भएर आफ्नो देशलाई चि’नाउन सफल भएका छन् । यो सबैका लागि गर्वको विषय बनेको छ ।

२०७८ असार ८, मंगलवार १४:४३ गते 0 Minutes 684 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार