२०७८ कार्तिक ११ बिहीबार

नुवाकोटमा बृद्ध भत्ताको ५० लाख चो’री प्रकरण – जसले बैंकबाट पैसा ल्याए उनैले लगेको सीसीटीभीमा देखियो ।

काठमाडौँ : नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयबाट बृद्ध भत्ताको ५० लाख चोरीमा विभिन्न कोणबाट अनुसन्धान भैरहेको छ ।

यद्यपी चो’रको संरक्षणमा विभिन्न श’क्तिले खेलेको बुझिएको छ ।बृद्धभत्ताको ५० लाख रकम झोलामा बोकेर वडा कार्यालयमा प्रवेश गरेका प्राविधिक सहायक रामकुमारी गिरीले सोही झोला बोकेर वडा कार्यालयबाट बाहिरिएको

सीसीटीभीमा प्रस्टै देखिएको प्रहरी र गाउँपालिका प्रमुख तेजबहादुर तामाङले बताउनुभएको छ । सीसीटीभी फुटेजमा गिरीले पैसाको झोला जस्तो ल्याएर वडा कार्यालयमा राखे त्यस्तै अवस्थामा पुन बोकेर वडा कार्यालयबाट निस्केको प्रस्टै देखिने गाउँपालिका प्रमुख तामाङले बताउनुभयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटले पनि सीसीटीभी फुटेजको आधारमा मुद्दामा आ’रोपित बनाइएका व्यक्तिलाई ध’रौटीमा छाडेपछि पुनरावेदनका लागि जिल्ला अदालत नुवाकोटमा निवेदन दिएको छ ।

फुटेजमा प्रस्टै प्राविधिक साहायक गिरीले पैसाको झोला जस्तो ल्याएको त्यस्तै बोकेर निस्केको देखिदाँ पनि अदालतले धरौटीमा छाडिदिएपछि प्रहरी सं’शकित बनेको छ ।प्र’हरीले गिरीको पो’लिग्राफ रिपोर्ट लिँदा उनले झुटो बोलेको देखिएको छ । गिरीले सत्य कुरा लुकाएर झु’टा गरेको पो’लिग्राफबाट देखिएको प्रहरीले जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा नै उल्लेख भएको छ ।

पर्याप्त प्रमाण हुँदाहुँदै अदालतले आ’रोपितलाई ध’रौटीमा छाडेपछि अदालतसम्म चोरीको सेटिङको प्र’भावमा परेको आ’शंका समेत गरिएको छ ।अदालतमा बुझाइएको अभियोग पत्र । जहाँ रामकुमार गिरीले झु’टो बेलेको पोलिग्राफ रिपोर्ट समेत उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसका दर्जन बढी नेता सोही वडाका रहेका छन भने माओवादीका नेताहरू पनि सोही वडामा छन तर उनीहरू वृद्धभत्ताको विषयमा बोल्न चाहिरहेका छैनन् । गिरीले आफ्नो एक्लो यो’जनामा मात्रमा पैसा चोर्न नसक्ने भएकाले त्यसमा अरूको मिलेमतोको खोजी प्रहरीले गरिरहेको छ ।

प्र’हरीले रातिमा ढोका खोलेर गरिएको गति’बि’धिहरू नाटकमात्र रहेको निष्कर्ष निकालेको छ । गत चैत्र २४ गते पञ्चकन्या गाउँपालिकाबाट वृद्धभत्ताको ५० लाखसहित ५३ लाख रूपैयाँ चो’री भएको प्रचार गरिको थियो ।चो’रीको विषयमा मसिनो ढंगले अ’नु’स’न्धान गरिरहेको संघीय

मामिला तथा सामान्य प्र’शासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई ह’दैसम्मको ला’प’रबाही गरेको भन्दै का’रबाही गर्दै मन्त्रालय तानेर जगेडामा राखेको छ । मन्त्रालयले चो’रीमा उनकाे मि’लेमतो रहेको देखिएको निष्कर्ष निकालेको छ । १०

लाख भन्दा बढी नगद झिक्न नपाउने र केन्द्रीय र स्थानीय सरकारको नीति अनुसार सामाजिक सुरक्षाको भत्ता सीधै बैंक खातामा पठाउने अभ्यास थालिसकेको अवस्थामा योजनावद्ध ढंगले वृद्ध भत्ताको पैसा लु’टेर चो’रीको नाटक मञ्चन गरिएको भन्दै स्थानीयले बि’रोध जनाइरहेका छन । नेपाल खबर बाट

२०७८ असार ८, मंगलवार २३:१६ गते 0 Minutes 307 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार