बिहिबार , साउन २१, २०७८

निषे-धाज्ञामा स्वयम्भू ‘डेटिङ’मा – जोडि पूजा गर्न गएको, निषे-धाज्ञा उल्लं’घन नभएको निष्कर्ष ।

असार ९, २०७८ बुधबार 252

काठमाडौं : निषे’धाज्ञा उल्लंघन गरेर स्वयम्भू डाँडामा ‘डेटिङ’ गएका सरकारी कर्मचारी दुवैले जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोधेको स्पष्टीकरण दिएका छन् ।

निषे’धाज्ञामा स्वयम्भूको डाँडामा प्रेमालाप गरेर भाइरल बनेका दुवैले आफूहरु पूजा गर्न गएको स्पष्टी’करणमा भनेका छन् ।
झण्डै एक महिना अघि सरकारी गाडी लिएर स्वयम्भू डेटिङमा पुगेको सरकारी कर्मचारीको भिडियो र तस्वीरले सामाजिक सञ्जाल रंगियो ।

भिडियोमा एक युवा र एक युवती डेटिङमा लिप्त थिए ।
सरकारी गाडी चढेर स्वयम्भू डाँडामा पुगेर डे’टिङमा लिप्त हुने कर्मचारी हुन्, सहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुख, रोशन श्रेष्ठ । उनी सोही कार्यालयमा करार सेवामा कार्यरत युवतीसँग नि’षेधाज्ञा उल्लंघन गर्दै सरकारी गाडी चढेर स्वयम्भूमा प्रेमालाप गर्न पुगेका थिए ।

उपसचिव इन्जिनियर श्रेष्ठ बिवाहित हुन् । उनको श्रीमती पनि इन्जिनियर नै हुन् । उनी राजधानीकै एउटा प्रतिष्ठित इञ्जि’नियरिङ कलेजमा कार्यरत छिन् ।

तर, प्रदेश ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर श्रेष्ठ स्वयम्भूमा युवतीसँग ‘डेटिङ’मा रमाउन पुगेका थिए ।भिडियो र तस्वीर भाइरल भएपछि उपसचिव श्रेष्ठमाथि गृह मन्त्रालयले कार’वाही प्रक्रिया अघि बढायो । गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्र काट्यो ।

गृहको पत्र प्राप्त गरे पछि सिडिओ कार्यालयले उक्त घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको ने’तृत्वमा छान’बिन समिति बनाएको थियो ।

र, समितिले बयानका लागि रोशन श्रेष्ठ र ती करारका कर्मचारीलाई बोलायो र सोधपुछ गर्यो । तर, छान’बिन समितिले जाँचबुझ गर्दा उनीहरु दुवैले पास लिएरै हिँडेको देखिएको र निषे’धाज्ञा उल्लघन नभएको निष्क’र्ष निकालिएको छ ।

सहायक सिडिओ भट्टले न्यूज २४ नेपालसँगको कुराकानीमा पास लिएर हिँडेको देखिएको र कारबा’हीलगायत विषयमा मन्त्रालयलाई नै जिम्मे’वारी दिइएको बताएका छन् ।उनले भने, ‘पास लिएरै हिँडेको थियो । र, थप का’रबाही गर्ने नगर्नेबारेमा मन्त्रालयलाई नै पत्राचार गरिएको छ । अब, यस विषयमा अख्ति’यारलाई पनि अधिकार हुन्छ ।’

समितिका एक सदस्यका अुनसार श्रेष्ठले चलाएको प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीको पास सहरी योजनाका विभागीय प्रमुखले दिएको पाइएकाले निषेधाज्ञा उल्लघन नभएको पनि निष्कर्ष निकालेको छ ।

के भन्छन्, सहायक सिडिओ ?

प्रशासनले सोधेको स्पष्टीकरणमा उनले के जवाफ दिए भन्नेबारे सहायक सिडिओ सापकोटाले बताएनन् । उनी नेतृत्वले उक्त घटनाको बारेमा अनु’सन्धान अघि बढाए पनि समग्र विषयबारे भन्न हि’च्किचाए । उनले भने, ‘यस विषय सबै कुरा भन्न मिल्दैन । मलाईभन्दा पनि सूचना अधिकारीलाई सोध्नुहोला ।’

निषे’धाज्ञा उल्लंघन गरेर हिँड्ने कर्मचारीमाथि कार’बाही त गर्नुपर्ने होइन र भनेर पुनः प्रश्न गर्दा उनले मन्त्रालयलाई नै पत्रचार गरिएको उनले बताए । घ’टनाबारे विस्तृत रुपमा जानकारी नदिएका सहायक सिडिओमाथि पनि प्रश्न उब्जिएको छ ।

जबकि निषे’धाज्ञामा काम न बेकाम सरकारी गाडी लिएर डेटिङमा जाने कर्मचारीमाथि नियम उल्लंघन नभएको र पास लिएरै हिँडेको भनेका सहायक सिडिओले त बचाएनन् ? अहिले थप कारबाहीलगायत सबै जिम्मा मन्त्रालयलाई दिइएको छ ।
तर, अझैँ का’रबाही गर्ने वा नगर्ने भन्ने सवालमा सिडिओ कार्यालयले निषे’धाज्ञा उल्लंघन नगरेको भनेको अवस्थामा मन्त्रालयले कार’बाही गर्ला त ? -न्यु ट्वान्टी फो नेपाल

प्रतिकृया दिनुहोस्