आइतबार , साउन १०, २०७८

चिनियाँ राष्ट्रपतिले भने- नेपाल र नेपालीको उन्नती र प्रगति चाहन्छौं

फागुण ५, २०७७ बुधबार 415

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालको उन्नती र प्रगति चाहेको बताएका छन् । उनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको समेत बताएका छन् ।

नेपाल–चीनबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीसँग बधाई सन्देश साटासाट गर्दै सो कुरा बताएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन नेपालसँग काम गर्न इच्छुक रहेको बताए । दुवै देशका नागरिकहरुको हितको लागि र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान पुर्याउन नेपालसँग मिलेर अघि बढ्ने इच्छा समेत व्यक्त गरेका छन् ।

यसअघि चीनले कोरोनासँगको लडाइँमा नेपाललाई साथ दिने बताएको थियो । चिनियाँ विदेश मन्त्रीले चीनले कोरोनाविरुद्धको भ्याक्सिन बनाइरहेको बताउँदै नेपाललाई सहयोग गर्ने बताएका थिए ।

कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणबाट सकारात्मक संकेत आएपछि चीनले अहिले भ्याक्सिन उत्पादन गरिरहेको छ । चीनलाई करिब करिब कोरोनाम्क्त बनाएको चीनले विश्वका अन्य देशहरुलाई सहयोग गरिरहेको छ । नेपाललाई पनि स्वास्थ्य सामाग्रीसँगै उपकरणमा पनि सहयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्