बिहिबार , साउन २१, २०७८

स्कुटरको डिक्कीमा ४० लाख लिएर हिँडेका युवा प’क्राउ ।

असार ९, २०७८ बुधबार 463

महोत्तरी : महोत्तरीमा स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत मंगलबार दिउँसो स्रोत नखुलेको उक्त

रकमसहित युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल) सञ्चालन गर्दै आएका छन् ।
टीभीएस कम्पनीको अनटेस्ट मोटरसाइकमा चढेर मटिहानीबाट जनकपुर जाँदै गरेको युवक साहलाई मटिहानी नगरपालिका–९

स्थित विग्ही नदीको पुलमाथि प्रहरी चौकी मटिहानीका प्रमुख प्रहरी नायव निरीक्षक सुमन सिंहको नेतृत्वमा खटि’एको प्रहरी टोलीले शङ्का लागेर चे’कजाँच गर्दा उहाँको साथबाट स्रोत

नखुलेको रु ३९ लाख ८० ब’रामद भएको हो । पक्रा’उ परेका साहलाई आवश्यक कारवाहीका लागि मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाएको प्रहरी उपरीक्षक आचार्यले बताएका छन् ।

प्रतिकृया दिनुहोस्