२०७८ आश्विन ४ सोमबार

बिहीबारबाट अन्तराष्ट्रिय उडान सुरु हुँदै, यी देशमा हुँदैछ उडान ।

काठमाडौ : मन्त्रिपरिषद्को निर्णय अनु`सार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिही`बारदेखि अन्तर्राष्ट्रिय र असार १७ गतेपछि आन्त`रिक उडान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले उडानको मिति तोक्ने जिम्मे`वारी मन्त्रालयलाई दिने गरी सोमबार आन्तरिक र अन्त|र्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको थियो। सोही अनुसार मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान गर्ने निर्णय गरेको हो।

त्यसैगरी मन्त्रालयले अन्त`र्राष्ट्रिय उडान भने बिहीबार`देखि नै खोल्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकको नि`र्णय अनुसार साविकको तुलनामा ५० प्रतिशत कम मात्र उडान गर्नेगरी उडान तालिकाको व्यवस्थापन नागरिक उड्डयन प्राधि`करणले गर्नेछ।

मन्त्रालयका सूचना अधि`कारी प्रेम सुवेदीका अनुसार जन`स्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश नभएम्मका लागि असार १७ गतेदेखि लागू हुनेगरी आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको हो।

मन्त्रालयले कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। त्यसै`गरी अन्तर्राष्ट्रिय उडानको भने तालिका सार्व`जनिक भएको छ। सूचना सार्वजनिक गर्दै सुवेदीले अन्तर्राष्ट्रिय उडानको तालिका सार्व|जनिक गरेका छन्।

मन्त्रालयका अनु`सार बिहीबार नेपाल एयरलाइन्सले कतार र तर्किस एयरलाइन्सले इस्तानबुल उडान भर्नेछन्। शनिबार नेपाल एयर`लाइन्सले जापान र एयर इण्डियाले दिल्लीबाट काठमाडौं उडान भर्नेछ भने आइतबार कतार एयरवेजले दोहाबाट

काठ`माडौंको उडान गर्नेछ । सोही दिन टर्की एयरलाइन्स इस्तानबुलबाट काठमाडौं फर्किने छ। आइतबार नै एयर अरेवियाको जहाज आबुधावीबाट काठ`माडौं आउने गरी तालिका तय भएको छ। – अन्नपूर्ण पोस्ट

२०७८ असार ९, बुधबार २३:३० गते 0 Minutes 395 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार