२०७८ आश्विन १३ बुधबार

विश्वकप हेर्ने १० लाख दर्शकलाई निःशुल्क को’रोना खोप लगाउने कतारको घोषणा ।

काठमाडौ : विश्वकप २०२२ को खेल हेर्न आउने १० लाख दर्शकलाई को’रोना भाइ’रसविरु’द्धको खोप निःशुल्क लगाइ दिने भएको छ । कतारका प्रधानमन्त्री र आन्तरिक मन्त्री शेख

खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले यहाँका विभिन्न पत्रिकाका सम्पादकहरुसंग कुराकानी गर्दै खोप उत्पादक कम्पनीहरु छलफल भैरहेको बताएका छन् । “हामी हाल विश्व कप कतार २०२२ मा आउने गैर-खोप लगाएका मानिसहरू

लाई खोप दिन १० लाख डोज खोप उपलब्ध गराउन कम्पनीसँग वार्ता गरिरहेका छौँ,” प्रधानमन्त्री अल थानीले भने, “२०२२ विश्व कप हेर्न कतार आउने केही मानिसहरूलाई खोप दिने हाम्रो प्राथमिक लक्ष्य भनेको नागरिक र बासिन्दाहरूको जनस्वास्थ्यको रक्षा गर्नुका साथै टूर्नामेन्टमा भाग लिने प्रशंसकहरूलाई जोगाउनु हो ।”

खोप नलगाएका दर्शकलाई स्टेडियममा प्रवेश गर्न समेत पाउने छैनन् । “महामारीले सुरुमा केही सानो प्रभाव पारेको थियो, तर हामीले चाँडै तयारी गर्न थालिसकेकाले विश्वकप परियोजनाहरूमा काम गर्ने कम्पनीहरूसँगको समन्वयमा

आवश्यक सामग्रीको वितरण सुनिश्चित गर्न हामी छिटो सफल भयौं,” उनले भने। यहाँको स्टेडियमहरू मध्ये सबैभन्दा ठूलो लुसेल स्टेडियमको पनि ९० प्रतिसत काम सम्पन्न भैसकेको प्रधानमन्त्रीलाई उद्धृ’त गर्दै पिनेन्सुला पत्रिकाले जनाएको छ । २२औँ संस्क’रणको फिफा विश्वकप फुटबल प्रतियोगिता
नोभेम्बर २१, २०२२ मा कतारमा सुरू हुनेछ भने डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसको दिन फाइनल खेलिनेछ ।

यूरोकप समूह चरण- यी हुन् सर्वाधिक चर्चित घ’टनाक्रम

यूरो २०२० को समूह चरणका खेलहरु सकिएका छन् । समूह चरण पछि नकआउट चरणमा भिड्नका लागि १६ टोली तम्तयार छन् । यसपटक समूह चरणका खेलहरु निकै रोचक रहे । यहाँ समूह चरणमा भएका केही महत्त्वपूर्ण घ’टनाक्रमहरु प्रस्तुत गरिएका छन् ।

मैदानमै ढले एरिक्सन

यो प्रतियोगिताको सुरुवात केही नमिठो भयो । फिनल्यान्ड विरुद्धको खेलको ४२ औं मिनेटमा थ्रो ईन रिसिभ गर्ने क्रममा डेनमार्कका स्टार खेलाडी क्रि’स्टियन एरिक्सन मैदानमै ढले, उनलाई तत्कालै उपचारका लागि अस्पताल लगियो । डेनमार्क र फिनल्याण्ड दुबै टिमका समर्थकहरुले एक्सिनको समर्थनमा हुटिङ गरिरहे, विश्वभरबाट उनको स्वास्थको प्रार्थना गरियो ।

अस्पतालमा उनको स्वास्थ्य स्थिर बनेको खबर सुनेपछि मात्रै दुबै टिमका खेलाडी खेल्नका लागि तयार भए । कोपेनहेगनमा यो खेल डेनमार्कले १–० ले गुमायो । एरिक्सनलाई का’र्डियाक एरेस्ट भएको रहेछ, भोलिपल्ट एक डेनिस पत्रिकाको फ्रन्ट’|पेजमा हेडलाईन थियो, ‘डेनमार्क हा¥यो, तर एउटा जीवन बँच्यो ।’

रोनाल्डोले हटाए कोकको बोतल

रोनाल्डोका लागि यो युरोकप अविस्मरणीय रह्यो । उनले समूह चरणकै ३ खेलमा पाँच गोल गरिसकेका छन् । पोर्चुगाली कप्तानले हंगेरीविरु’द्धको पहिलो खेलमै २ गोल गरेर ६ वटा रेकर्ड तोडेका थिए । युरोकपको इतिहासमै सर्वाधिक ५ संस्करण खेल्ने, सर्वाधिक गोल गर्ने, सर्वाधिक १२

खेल जित्ने, ५ संस्करणमा गोल गर्नेलगायत कीर्तिमान अब उनको नाममा लेखिएका छन् । तर, उनको सर्वाधिक चर्चा खेल मैदान भित्रभन्दा बाहिरको एक्सनबाट भयो । खेलअघिको पत्रकार सम्मेलनमा रोनाल्डोले कोकको बोतल हटाउँदै पानीको बोतल उठाएका थिए । रोनाल्डोले पानी पिउन प्रेरित गरेको यो भिडियो भाइरल भयो ।

​भोलिपल्ट अर्को खबर आयो – रोनाल्डोले बोतल हटाएपछि कोकको बजार मूल्य २ सय ४२ अर्ब अमेरिकी डलरबाट झरेर २ सय ३८ अर्ब डलरमा पुग्यो । अर्थात्, रोनाल्डोको यो कदमपछि कम्पनीलाई ४ अर्ब डलर घाटा भयो । रोनाल्डो आफ्नो फिटनेसमा निकै ख्याल राख्छन्, त्यहीकारण उनी ३६ वर्षको उमेरमा पनि फिट छन् । उनी जंक फुड र सफ्ट ड्रि’ङक्सबाट टाढै रहन्छन् ।

गत डिसेम्बरमा एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मेरो छोराले कोक पिउँदा म हैरान हुन्छु । उसलाई पनि यो थाहा छ ।’ रोचक कुरा, रोनाल्डोपछि फ्रान्सका पाउल पोग्बाले पनि हेनिकेन बियरको बोतल हटाए, उनी मुस्लिम धर्मका अनुयायी हुन् । धार्मिक कारण देखाउँदै उनले बोतल हटाएका थिए, त्यसपछि अर्को खेलमा इटलीका म्यानुअल लोकाटोल्लीले पनि बोतल हटाए ।

यता, जितको खुसीमा युक्रेनका कप्तान आन्द्रे यार्मोलेन्कोले रोनाल्डोलाई जिस्क्याउँदै बियर र कोकको बोतल अगाडि राखे । उनले हाँस्दै भने, ‘रोनाल्डोले यी बोतल हटाएका थिए । यस यसलाई यहाँ अगाडि राख्छु । मलाई सम्पर्क गर्नुस् ।’ कोकको बोतल हटाउने लहर नै चलेपछि प्रतियोगिताका आयोजकले खेलाडीहरुलाई प्रायोजकको बोतल नहटाउन चेता’वनी नै जारी गर्नु परेको थियो ।

२०७८ असार १०, बिहीबार १६:५१ गते 1 Minute 386 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार