२०७८ कार्तिक १ सोमबार

नेपालले कहिले खेल्छ विश्वकप फुटबल ? यसो भन्छन् किरण !

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली अहिले स्वदेशमै छ ।
हालै कुवेतमा फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गतको दोस्रो चरणको छनोटका म्याच खेलेर नेपाली टोली अहिले स्वदेशमै रहेको हो ।

कुवेत भ्रमणमा नेपालको प्रदर्शन विगभन्दा सन्तोषजनक रह्यो । नेपालले अष्ट्रेलिया र जोर्डनवि’रुद्ध हारको सामना गर्दा चाइनिज ताइपेईसँग भने जित हासिल गर्न सफल भयो । विगतमा रक्षात्मक खेल्ने नेपाली खेलाडीले कुवेत भ्रमणमा भने आक्रामक तरिकाले फुटबल खेलेको देखियो ।

नेपाली टिम प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मु’ताइरीको प्रशिक्षणमा कुवेत गएको थियो । अलमुताइरीले आफ्नो पहिलो प्रशिक्षणमै खेलाडीको मानसिकता र प्रदर्शनमा परिवर्तन ल्याएको भन्दै उनको प्रशंसासमेत भइरहेको छ । स्वदेश फर्किसकेपछि खेलाडी प्रतियोगितामा व्यस्त नभए पनि अभ्यासमा भने सक्रिय नै छन् ।

टिमले आगामी दिनमा नेपालले खेल्ने प्रतियोगिताको तयारी थालिसकेको छ । त्यसका लागि मंगलबार मात्र प्रशिक्षक अब्दुल्लाहले पहिलो चरणको बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइका छन् ।

उनले साफ च्या’म्पियनसिप र एशियन कप छनोटको तेस्रो चरणका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।
बंगलादेश हुने साफ च्याम्पियनशिप सेप्टेम्बरमा हुँदैछ । त्यस्तै, एसियन कपको तेस्रो चरणको छनोट म्याच २०२२ को फेब्रअुरीदेखि सुरु हुनेछन् ।

नेपाल आगामी वर्ष कुवेतमा हुने फिफा विश्वकप छनोटको अर्को चरणमा पुग्न असफल भयो । नेपालले लामो विश्वकप छनोट चरण पार्ने सपना त लिएको छ । तर, हालसम्म पूरा गर्न सकेको छैन ।

नेपाल कहिलेसम्म पुग्ला विश्वकपमा? यस्तो भन्छन् किरण !

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकीपर किरण चेम्जोङ नेपालले विश्वकप खेल्ने हो सरकारले पूरा साथ दिनुपर्ने बताउँछन् । साथै, उनले ठोस योजानाका साथ अगाडि बढ्ने हो भने अबको २० देखि ३० वर्षभित्र नेपालले विश्वकप खेल्न सक्ने अनुमान गर्छन् ।

‘प्लान गरेर जाने हो भने नेपाल विश्वकपमा पुग्न २० देखि ३० वर्षसम्म लाग्छ । त्यो स्थानमा एन्फाले गरेर मात्र पुगिदैन,’ एक राष्ट्रिय टेलिभिजनको अन्तर्वार्ताका क्रममा किरणले भने, ‘सरकारले पनि फुटबललाई साथ दिनुपर्छ । सरकारले अबको २० देखि ३० वर्षभित्र नेपालले पनि विश्वकप खेल्छ भनेर वातावरण सिर्जना गरिदिनुप¥र्‍यो ।’

कप्तान चेम्जोङले नेपालले भविष्यमा विश्वकप खेल्ने हो भने लामो योजना र प¥र्याप्त पूर्वाधार निर्माणमा पनि जोडदिनुपर्ने बताए । ‘सरकारले खेलकुदका लागि प¥र्याप्त स्टेडियम निर्माण गरिदिनुप¥र्‍यो । फुटबलमा लगानी गनुपर्‍यो ।

खेल्ने पुस्तालाई कसरी तयार गर्ने? युरोपमै राखेर हामीले पूरा तयार गरेर ल्याउने कि? के गर्न सकिन्छ सरकारले पूरा वातावरण सिर्जना गर्नुपर्छ । लामो योजनाका साथ अगाडि बढ्यौँ भने पक्कै एकदिन नेपालले विश्वकप खेलेको देख्न पाउने छौँ,’ उनले भने ।

२०७८ असार १०, बिहीबार २०:३१ गते 1 Minute 915 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार